दमक,२६ असार । कन्काई नदीमा तस्करहरुले बगाएर ल्याएको करिव १५० किवी सखुवा काठ माइधार प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १२ बजेतिर शिवसताक्षी १० स्थित कन्काई नदीमा पानीको वहावमा चाली बनाएर तस्करहरुले बगाएर ल्याएको सखुवाको फेन्टा बरामद गरिएको हो ।
२५ , ३० जना तस्करहरुले बगाएर ल्याउँदै गरेको काठ नियन्त्रणमा लिन जाँदा माईधार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मानपुर चौधरीको कमाण्डमा रहेको ६ जनाको टोलीलाई उनीहरुले लखेटेका थिए । त्यसपछि गैडे सामुदायिक वन , इलाका प्रहरी कार्यालय झिलझिले र इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट थप जनशक्ति मगाएर सो काठ बरामद गरिएको प्रहरी सहायक निरीक्षक चौधरीले बताउनुभयो ।
चारैतिरबाट घेराउ गरेपछि तस्करहरु काठ छोडेर भागेको उहाले जानकारी दिनुभयो । बिहानपख कन्काई ४ स्थित कन्काई नदीबाट सो काठ निकालिएको थियो । अन्दाजी ४ लाख ५० हजार मूल्य बराबरको काठ गैडे सामुदायिक वनमा बुझाइएको प्रहरीले जनाएको छ ।










