दमक, २६ असार । झापाको मेचीनगरमा पैनीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।
गएराति मेचीनगर वडा नं.५ सिताराम टोल बस्ने ३७ वर्षीय उत्तम सुब्बा घरदेखि ३०० मिटर दक्षिणमा रहेको पैनीमा डुबेर मृत अबस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी प्राप्त भएपछि थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।










