देशको अर्थतन्त्रको आकार एकै वर्षमा बढ्यो

दमक,२६ असार । देशको अर्थतन्त्रको आकार ४ खर्ब रुपैयाँले एकै वर्षमा बढेको छ । अर्थ मन्त्रालयले विहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको आर्थिक वर्षमा ५७ खर्ब रहेको देशको अर्थतन्त्र चालू आर्थिक वर्षमा ६१ खर्ब रुपैयाँ पुगेको हो ।

 

 

राजस्व पनि एक वर्षको अवधिमा १ खर्ब ८ अर्ब रुपैयाँले बढेको छ । पूँजीगत खर्चमा समेत गएको वर्षको भन्दा ३६ अर्ब रुपैयाँले वृद्धि भएको छ । निजी क्षेत्रमा प्रवाहित कर्जा ८ दशमलव ७ प्रतिशतले बढेको छ । गएको वर्ष यस्तो कर्जा ५ दशमलव ६ प्रतिशतले मात्रै बढेको थियो । रेमिट्यान्स १५ दशमलव ५ प्रतिशतले वृद्धि भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । गएको वर्षको तुलनामा ७७ दशमलव ८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने आयात १३ दशमलव १ प्रतिशतले बढेको छ ।

 

 

राष्ट्रिय तथ्याङ्क कार्यालयको सर्वेक्षणलाई आधार मान्दै अर्थतन्त्रका १८ वटा क्षेत्रको सूचक सकारात्मक रहेको पाइन्छ । जसमा यातायात, निर्माण, खानी, विद्युत तथा ग्यास, व्यापार, बैंक तथा बीमा, उद्योग, घर जग्गा, सूचना प्रविधि, कृषि तथा वन, प्रशासनिक सेवा, स्वास्थ्य सेवा, वैज्ञानिक सेवा, औद्योगिक उत्पादन, शिक्षा, आवास तथा भोजनलगायतका क्षेत्रमा रहेको छ ।

 

 

अर्थ मन्त्रालयका अनुसार देशभित्र लगानीमैत्री वातावरण बन्दै गएको छ । नीतिगत तथा कानूनी सुधारतर्फ प्रगति भएको छ । नीतिगत सुधारतर्फ आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) ऐन २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१, निजीकरण (पहिलो संशोधन) ऐन २०८१, भन्सार महसूल ऐन २०८१, बैंकिङ कसूर तथा सजाय ऐन २०८२, भन्सार ऐन अघि बढाइएको अर्थ मन्त्रालयले बताएको छ ।

 

वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रतिनिधिसभा पेश गरिनुलाई पनि अर्थ मन्त्रालयले उपलब्धि मानेको छ । पछिल्लो एक वर्षको बीचमा उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोग गठन र प्रतिवेदन कार्यान्वयन शुरू भएको, निजी क्षेत्रको गुनासा तथा मागहरू सुनुवाइ र आत्मविश्वास वृद्धि भएको, निर्माण क्षेत्रको गुनासा र माग सुनुवाइ, अघिल्लो वर्षको दायित्व ३० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी तथा भुक्तानीको समस्या समाधान भएको अर्थ मन्त्रालयको दाबी छ । लक्ष्य अनुसारको राजस्व सङ्कलन, पूँजीगत खर्चमा थप वृद्धि, ुग्रे लिस्टु बाट बाहिर निस्कने चुनौतीहरू अर्थतन्त्रमा देखिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही