दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा रोपाइँ थाल्न नसक्दा जिल्लाभर रोपाइँको प्रगति गत वर्षको तुलनामा निकै कमजोर देखिएको छ, यद्यपि दमक नगरपालिकामा भने वैकल्पिक सिँचाइ सुविधा उपलब्ध गराइएकाले अधिकांश क्षेत्रका किसानले समयमा रोपाइँ सम्पन्न गर्न सफल भएका छन्। ।

 

जिल्लामा असार महिना सकिनै लाग्दा पनि पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँमा समस्या देखिएको छ। पानी अभावका कारण किसानहरु समयमा रोपाइँ गर्न नसक्ने अवस्थामा पुगेका छन्। ।

 

गत वर्षको तुलनामा यस वर्ष झापामा रोपाइँको अवस्था निकै कमजोर देखिएको हो। कृषि ज्ञान केन्द्र झापाका अनुसार, गत वर्ष असारको यही समयमा जिल्लामा करिब २५ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको थियो। तर यो वर्ष हालसम्म जम्मा १४ प्रतिशत क्षेत्रमै मात्र रोपाइँ सम्पन्न भएको छ। जिल्लाका अधिकांश क्षेत्रमा पानी नपरेर खेत सुकेका छन् र किसानहरू आकाशे पानीको प्रतीक्षामा बस्न बाध्य छन्।

 

 

यद्यपि समग्र जिल्लाको तुलनामा दमक नगरपालिकाका अधिकांश क्षेत्रमा भने रोपाइँ सकिएको छ। नगरपालिकाले वैकल्पिक सिचाइको व्यवस्था स्वरूप किसानलाई बोरिङ वितरण गरेपछि खेती गर्न सहज बनेको किसानहरुको प्रतिक्रिय छ । । दमक नगरपालिका–२ की किसान देविका दुलाल पानी नपरेकै कारण धान बाली लगाउन समस्या नपरेको बताउनुहुन्छ ।

 

त्यसैगरी, दमक–१० का किसान लक्ष्मी प्रसाद बरालले पनि करिब १ बिगाहा ५ कठ्ठा क्षेत्रफलमा समयमै धान रोपाइँ सम्पन्न गर्नुभएको छ। नगरपालिकाले दिएको बोरिङले खेतमा सिँचाइ गरेर धान रोपाई भएको उहाँ बताउनुहुन्छ ।

 

दमक नगरपालिकाले गत आर्थिक वर्ष प्रदेश सरकारको सशर्त अनुदानमा ४० वटा र आन्तरिक स्रोतबाट थप १६ वटा स्यालो ट्युबेल जडान गरेको थियो। यसले नगरका २८० घरधुरी किसानलाई सिँचाइमा सहयोग पुगेको कृषि शाखाकी अधिकृत सृष्टि थापा बताउनुहुन्छ।

तर जिल्लाका सबै क्षेत्रमा बोरिङ सुविधा उपलब्ध नभएका कारण धेरै किसान अझै पनि आकाशे पानीकै भरमा खेती गर्दै आएका छन्। जसको प्रत्यक्ष असर उत्पादनमा समेत देखिन्ने अनुमान गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप