फणिराज पाठकलाई प्रहरीद्धारा नियन्त्रण

दमक, २७ असार । पूर्वराजा ज्ञानेन्द्र शाहका सम्वाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शुक्रबार बिहान उहाँलाई जिल्ला प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिनु भयो।

 

शाहलाई नेपालको संविधानले नचिनेको ‘श्री ५ महाराज धिराज’ भनी सम्बोधन गर्ने गरेको र संविधानले नचिनेको संवाद सचिवालय भनी सम्बोधन गरिएको विषयमा सोधपुछ गर्न प्रहरीले नियन्त्रणमा लिएको एसपी बोहराले बताउनु भयो।

 

सोही लेटरप्याडमा सूचना दिने गरिएको विषयमा पनि प्रहरीले सोधपुछ गर्न नियन्त्रणमा लिएको बताएको छ।

 

वैशाख १३ गते पनि पाठकले जारी गरेको समवेदना सन्देशमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट बक्सेको समवेदना सन्देश भनी उल्लेख गरिएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर