मधेश प्रदेशद्धारा मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा

दमक,२७ असार । मधेश सरकारले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको हो ।

 

मधेसमा आकाशे पानीको भरमा खेती हुँदै आएको छ । तर यसवर्ष वर्षा नहुँदा धान रोपाई प्रभावित भएकाले मधेस सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको मुख्यमन्त्री सतिश सिंहका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार सरकारले प्रदेशका किसानका लागि विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसंग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरुलाई पनि आवश्यक सहयोग गर्न आह्वान गरेको छ ।

 

 

यस्तै मन्त्रिपरिषद्को बैठकले पर्साको वीरगन्जसहित विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर