प्रधानमन्त्री ओलीको २ दिने झापा र इलाम भ्रमण

धनीपुर्जा वितरण तथा नयाँ सडक र पुल उद्धघाटन हुने

झापा र इलामका भूमिहीनलाई धनीपुर्जा बाढ्नेदेखि नयाँ सडक र पुलसम्म उद्धघाटनमा सहभागी हुने ।

दमक| २८ असार  |  प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज झापा आउँदै हुनुहुन्छ ।
शनिबार र आइतबार दुई दिनका बिभिन्न कार्यक्रममा सहभागी हुन उहाँ झापा आउन लाग्नु भएको नेकपा एमाले झापाले जनाएको छ ।

 

आज ११ बजे चन्द्रगढी विमानस्थलहुँदै झापा आउन लाग्नु भएका प्रधानमन्त्री ओलीले ११ः३० बजे बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ स्थित भागिरथा न्यौपाने अस्पताल उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो सकिएपछि छेउमै रहेको इलामको माइ नगरपालिका वडा नम्बर २ स्थित नगर अस्पताल उद्घाटन गर्ने, साथै त्यहाँ रहेका भूमिहीन सुकुम्बासीहरुलाई धनीपुर्जा वितरण गर्ने र खानेपानी आयोजनाको शिलन्यास गर्ने कार्यक्रम रहेको नेकपा एमाले झापाका सचिव तुलसी कार्कीले जानकारी दिनुभयो ।

 

आज नै प्रधानमन्त्री ओलीले झापाको कनकाई नगरपालिकामा पनि सुकुम्बासी तथा भूमिहीनहरुलाई जग्गाधनीपुर्जा वितरण गर्ने कार्यक्रम रहेको छ । र कनकाई उद्योग वाणिज्य संघको भवन उद्घाटन गर्ने समेत कार्यतालिका रहेको छ । शनिबार बेलुका सबै कार्यक्रम सकेर दमकस्थित आफ्‌नै आवासमा बस्नु हुने छ । त्यहाँ पार्टीका नेता तथा कार्यकर्ताहरुसंग उहाँले भेटघाट समेत गर्ने कार्यक्रम रहेको छ । तर यो भेटघाट उहाँको व्यक्तिगत हुने छ ।

आइतबार आफ्‌नो निर्वाचन क्षेत्रमा
आइतबार बिहान १० बजे उहाँको गृह नगर तथा निर्वाचन क्षेत्रमा पर्ने दमक नगरपालिकामा एउटा सडक उद्धघाटन गर्नु हुने छ । नगरपालिकाद्वारा आयोजित कृष्ण मन्दिरबाट उत्तरपट्टिको मदनडाँगी तारावारी डिपो सडकको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नगरपालिकाले जनाएको छ ।

यस्तै उहाँकै निर्वाचन क्षेत्रमा पर्ने हुलाकी सडकस्थित गौरीगञ्ज पश्चिम रतुवा पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो कार्यक्रम बिहान ११ः ३० मा हुने एमाले झापाले जारी गरेको समयतालिकामा उल्लेख गरिएको छ ।

दिउँसो कार्यकर्ताको भेलालाई संवोधन
दिउँसो १२ः३० बजे बिर्तामोडको कार्यकर्ता भेलामा सहभागी हुने उहाँको कार्यतालिका रहेको छ । बिर्तामोडको सिटीसेन्टरमा  आयोजित कार्यकर्ता भेलामा उहाँ २ बजेसम्म बस्नु हुने छ र आफ्‌नो सम्बोधन सकेर ३ः३० बजे काठमाडौं फर्कने तालिका रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर