बिर्तामोडमा सबैभन्दा धरै डेंगु संक्रमितको सङ्ख्या

दमक, २८ असार। झापाको बिर्तामोड डेंगुको संक्रमितको सङ्ख्या सबैभन्दा धरै नै बनेको छ ।

जिल्लामा हेर्ने हो भने अधिकांश डेंगु संक्रमित बिर्तामोडकै रहेका छन् । पछिल्लो तथ्यांक अनुसार डेंगु संक्रमणबाट जिल्लाभरि ७५ जना संक्रमित छन् । त्यसमध्ये ६८ जना बिर्तामोडका हुन् । त्यस्तै गौरादहका ६ र दमकका एकजना छन् ।

 

गत साता बिर्तामोडका ४८ , दमकका १ र गौरादहका ६ गरी ५४ जना डेंगु संक्रमित रहेका थिए । डेंगु संक्रमितहरुको संख्या दिन प्रतिदिन बढिरहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले बताउनु भयो ।

 

गत साता झापामा डेंगु संक्रमणबाट एक बालिकाको मृत्यु भएको थियो । बीएण्डसी अस्पतालमा उपचाररत शिवसताक्षीकी ११ वर्षीया सुरविरा राईको मृत्यु भएको हो । गत वर्ष झापामा डेंगु संक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

 

मनसुन सुरू भएसँगै झापामा डेंगु संक्रमितको संख्या बढ्न थालेको छ । डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने देखिन्छ । तर, झापामा बाह्रै महिना डेंगु देखिने गरेको छ ।

 

डेंगु नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु संचालन हुँदै आएको छ ।जतिजति प्रबिधीको बिकाश बढ्दै गईररहेको छ, प्राबिधिकको आबश्यकता उत्तिकै मात्रामा आबश्यकता पर्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वीरगन्जको मेन रोडलाई सहरी मार्ग बनाउन माग गर्दै विरोध प्रदर्शन

वीरगन्ज,११ जेठ । वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

डलर र कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,११ जेठ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण

मापसे र तीव्र गति नियन्त्रण गर्न मकवानपुर प्रहरीको विशेष अभियान

हेटौंडा,११ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मदिरा सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा चेकिङ अभियान सुरु

’भएका कुराको सदुपयोग नहुँदा नेपाल पछि पर्यो’ : सञ्चारमन्त्री तिमल्सिना

काठमाडौं,११ जेठ । सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत