लेन्दे खोलामा आएको बाढीद्धारा थुप्रै सवारीसाधनको क्षति

दमक,२८ असार। रसुवा जिल्लास्थित नेपाल–चीन सीमामा रहेको लेन्दे खोलामा यही असार २४ गते आएको बाढीमा थुप्रै सवारीसाधन बगेका छन् । बाढीले बगाएकामा व्यवसायीले चीनबाट ल्याएका नयाँ ईभी बढी रहेका छन् ।

 

 

भन्सार जाँचपास गर्न बाँकी गाडीहरू भन्सार यार्डमा राखिएका थिए। एक्कासि ठुलो बाढी आउँदा ती गाडी बगेका हुन्। र नबगेका गाडी पनि हिलोमा डुबेका छन्। ।

 

 

बाढीमा हराएका मध्ये ८ वटा ईभी गाडी फेला परेका उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् । टिमुरे भन्सार क्षेत्रमा बचेका ईभी गाडी पनि बिजोग अवस्थामा देखीएका छन् ।

 

 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले रसुवामा आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको बताएको छ।

 

 

अध्यक्ष करण चौधरीले विज्ञप्ति जारी गर्दै जनधनको ठुलो क्षति भएको भन्दै दुःख व्यक्त गर्नु भएको छ ।

 

 

‘हालै रसुवा जिल्लामा आएको बाढी तथा पहिरोका कारण उत्पन्न भयावह परिस्थितिले केवल मानवीय जनजीवन मात्र नभई मुलुकको प्रमुख व्यापारिक नाका—केरुङ ,ररसुवागढी—मार्फत हुने अटोमोबाइल आयात प्रणालीमा गहिरो असर र्पुयाएको छ।

 

यसले भन्सार परिसरमा रहेका निर्माणाधीन सुख्खा बन्दरगाह, पार्किङमा रहेका कन्टेनरहरू समेत बगाएको छ। यस कठिन घडीमा हामी सम्पूर्ण पीडितहरूप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौँ,’ उहाँले भन्नु भएको छ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर