प्रधानमन्त्री ओली झापा र इलाममा

झापामा प्रधानमन्त्री ओलीद्वारा १० शैयाको अस्पताल उद्धघाटन

‘प्रसुती , गाइनो तथा महिलाको रोगसग सम्बन्धीत उपचार सेवा र इमरेजेन्सि सेवा चाडो सुरु गरिहाल्नुस । त्यसमा म सहयोग गर्न तयार छु । ’ प्रधानमन्त्री ओली

झापा, २८ असार प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर ३ मा रहेको १० शैयाको भागिरथा न्यौपाने नगर अस्पतालको उद्धघाटन गर्नुभएको छ ।
शनिबार उद्धघाटन समारोहपछि बोल्दै प्रधानमन्त्री ओलीले भन्नु भयो ‘अहिलेको क्याविनेटमा भागिरथाको नाम सुन्ने कोही पनि नभएको र म आफैले यहाँका साथीको सुझावका आधारमा यस अस्पतालको नाम भागिरथा न्यौपाने अस्पताल राख्न क्याविनेटबाट पारित गराएको हुँ ।’

 

सामाजिक चेतनाको बिगुल फुक्न न्यौपानेले गर्नुभएको योगदानका बारेमा अहिलेका पुस्तालाई जानकारी गराउन र उहाँको सम्मानका लागि पनि यो नाम राखिन पर्छ भन्ने अडानका साथ बुद्धशान्थि अस्पतालको नाम भागिरथा न्यौपानेको नाममा राखिएको उहाँको तर्क छ ।

 

उहाँले यो अस्पतालको सेवा विस्तार र गुणस्तर बृद्धि गर्न आफ्‌नो तहबाट हुनसक्ने सबैखाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको छ । उहाँले महिलाको रोगसंग सम्बन्धित उपचार सेवा अविलम्ब सुरु गर्न अनुरोध गर्नु भएको छ । ‘प्रसुती , गाइनो तथा महिलाको रोगसंग सम्बन्धित उपचार सेवा र इमरजेन्सी सेवा चाँडो सुरु गरिहाल्नुस् । त्यसमा म सहयोग गर्न तयार छु । ’ प्रधानमन्त्री ओलीले भन्नु भयो ।

 

यो कार्यक्रम सकेर प्रधानमन्त्री ओली इलामको माइ नगरपालिकातर्फ प्रस्थान गर्नु भएको छ । त्यहाँको वडा नम्बर २ मा नगर अस्पताल उद्घाटन साथै त्यहाँका भूमिहीन सुकुम्बासीहरुलाई धनीपुर्जा वितरण गर्ने र खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वीरगन्जको मेन रोडलाई सहरी मार्ग बनाउन माग गर्दै विरोध प्रदर्शन

वीरगन्ज,११ जेठ । वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै स्थानीय घरधनी तथा व्यवसायीहरूले आइतबार विरोध प्रदर्शन गरेका छन् ।

डलर र कच्चा तेलको मूल्य घट्दा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं,११ जेठ । अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकी डलर कमजोर हुनु तथा कच्चा तेलको मूल्य घट्नुका कारण

मापसे र तीव्र गति नियन्त्रण गर्न मकवानपुर प्रहरीको विशेष अभियान

हेटौंडा,११ जेठ । जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मदिरा सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा चेकिङ अभियान सुरु

’भएका कुराको सदुपयोग नहुँदा नेपाल पछि पर्यो’ : सञ्चारमन्त्री तिमल्सिना

काठमाडौं,११ जेठ । सञ्चारमन्त्री बिक्रम तिमल्सिनाले नेपाल पछाडि पर्नुको मुख्य कारण स्रोत र सम्भावनाको अभाव नभई भएका सम्पदा र क्षमताको सही सदुपयोग गर्न नसक्नु रहेको

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत