(एनआरएनए) १२औँ महाधिवेशन आगामी अक्टोबर काठमाडौँमा हुँने

दमक , २८ असार । बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आगामी अक्टोबरमा हुने १२औँ महाधिवेशनका लागि केन्द्रीय निर्वाचन समिति गठन गरिएको छ। सङ्घका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को बैठकले अधिवक्ता डा. राजेन्द्र घिमिरेको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो।

 

समितिमा बेलायतबाट सङ्घका संस्थापक सचिव चिरञ्जीवी ढकालसहित टिबी कार्की, प्रितम श्रेष्ठ, होम पाण्डे, प्रकाश सापकोटा र रजनी प्रधान सदस्यहरु रहेका छन्।। सङ्घको निर्वाचन प्रक्रिया अनुगमन गर्न रामप्रताप थापाको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको छ। उक्त समितिमा सञ्जय थापा, टेकराज निरौला, कमलमणि गुरागाईँ, नारायण काफ्ले, अतुल कोइराला र मुक्त गुरुङ सदस्यहरु रहेका छन्। ।

 

बैठकले भीम उदास, भक्त गुरुङ, डा. देवी बस्नेत, ओम गुरुङ, शमशेर थापा, यास्मीन बेगम र पुरुषोत्तम बोहरा सदस्य रहेको न्यायिक समिति पनि गठन गरिएको सङ्घका केन्द्रीय सदस्य चिरन शर्माले जानकारी दिनु भयो ।सङ्घको विधानअनुसार अन्तर्राष्ट्रिय महाधिवेशन हुन तीन महिना अगावै यी समितिहरू गठन गर्नु पर्ने कानुनी प्रावधानमा उल्लेख छ ।

 

बैठकमा सङ्घका केन्द्रीय पदाधिकारी, आईसीसी सदस्य, सल्लाहकार लगायतको उपस्थिति रहेको थियो। गैरआवासीय नेपाली सङ्घको १२औँ महाधिवेशन आगामी अक्टोबर ११ देखि १४ सम्म काठमाडौँमा हुँदैछ । यद्यपि एनआरएनमा आधिकारिकताको विवाद भने कायमै रहेको छ।

 

गत वैशाखमा सम्पन्न एकता महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्ष चयन हुनु भएको थियो। तर केसीले पनि आफूलाई आधिकारिक भएको दाबी गर्दै आउनु भएको छ तर यस बारे विवाद सर्वाेच्च अदालतमा अझै विचाराधीन भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर