आगोको क्षती

मग मग चाउ चाउ उद्योगमा आगोलागी : नियन्त्रण उन्मुख, प्रहरी भन्छ ‘ बाहिरको निभ्यो, भित्रको अवस्था हेरिदैछ ’

झापा/
झापाको मेचिनगर १४ स्थित मनषा थाइफुड्स (मगमग चाउचाउ उद्योग) मा लागेको आगो नियन्त्रणको नजिक पुगेको प्रहरीले जनाएको छ । आज बिहान ४ बजेबाट आगो लाग्न सुरु भएको थियो । आगो लाग्न सुरु भएको ११ घण्टापछि बाहिरपट्टिको आगो नियनत्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो । उज्यालो खवरसँगको कुराकानीमा उहाँले ‘बाहिरपट्टीका आगो नियन्त्रणमा आएको छ ।भित्रको भागमा आगो देखिरहेको छ । जेसिजि लगाएर नियन्त्रण गर्ने काम चलिरहेको छ ।’ बताउनु भयो । उद्योगको भित्र रहेका विभिन्न मेसिन तथा औजार , मौज्दात गरिएका सामाग्री सबै जलेका छन् ।

तीनहरुको आगो निभाउने काम काम अहिले भइरहेको उहाँले जानकारी दिनुभयो । दिउँसो ३ बजे सम्ममा आगोले उद्योगको भवन र भवनभित्र र बाहिर रहेका सबै सामान डढेको उहाँले जानकारी दिनुभयो ।

खाद्यन्न उद्योग भएकोले क्षती बढि भएको छ । त्यहाँ प्राय सबै सामाग्री सामान्य आगामा पनि जल्ने प्रकारका रहेका थिए । त्यहाँ रहेको ग्यास प्लाल्न र मुख्य प्लाण्टलाई भने जोगाउन सकिएको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । यदी ती प्लान्ट बिस्फोट भएको भए सिङ्गो गाउँमै असर पर्ने थियो । तर त्यसो हुन नदिन निररन्तर ५/६ वटा दमकलाई प्लाण्ट केन्द्रित गर्दा जोखिम टरेको उहाँले सुनाउनु भयो ।

झापा , मोरङ, सुनसरी , इलाम लगायत स्थानबाट आएका दमकलहरुले आगो निभाएका थिए । अहिले केहि मात्रै दमकल रहेको र फर्किसकेको जनाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भोटेकोशी बाढीले खोस्यो अनोजको जीवन, आमाको उपचार खर्च जुटाउने सपना पनि अधुरै

 विराटनगर , १९ भदौ । मोरङ बेलबारी नगरपालिका– ९ का २६ वर्षीय अनोज धमलाले चाहेजस्तो हुन्थ्यो भने, उनी यतिबेला कोरियामा हुन्थे । कोरियन भाषा परीक्षा

बाढीपीडितलाई मन्त्री सतपालजी महाराजको राहत सहयोग

काठमाडौँ , भदौ १९ । मानव धर्मका प्रणेता एवं भारतको उत्तराखण्ड प्रदेश सरकारका पर्यटनमन्त्री सतपालजी महाराजले भोटेकोशी बाढीबाट प्रभावित नेपाली नागरिकहरूको उद्धार तथा राहतका लागि

मन्दिरहरूमा भक्तजनको भीड, धार्मिक सदभावको सन्देश

दमक ,१९ भदौ । भगवान् श्रीकृष्णको जन्मोत्सव—श्रीकृष्ण जन्माष्टमी पर्व आज शुक्रबार देशभर भक्तिभावपूर्वक मनाइँदै छ। दमकका विभिन्न कृष्ण मन्दिर तथा धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको

भोटेकोशी बाढीको दशौँ दिन : जलविद्युत् आयोजनाका सुरुङमा खोजी अझै जारी

काठमाडौं , भदौ १९ । भोटेकोशीमा आएको विनाशकारी बाढीको दशौँ दिनसम्म पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा श्रमिकको खोजी चुनौतीपूर्ण बनेको छ

विपद्मा नेपाललाई २९ देशको साथ, राहत र आर्थिक सहयोग जुट्यो

 काठमाडौं , भदौ १९ ।भोटेकोशी बाढीपछि नेपाललाई परेको विपद्मा हालसम्म २९ देशसहित ठूला अन्तराष्ट्रिय संस्थाहरूले साथ सहयोग गरेका छन् । केही मुलुकहरूले अत्यावश्यक मानवीय सहायता

राष्ट्रपति पौडेलद्वारा पाटनको कृष्ण मन्दिरमा दर्शन र पूजा आराधना

काठमाडौँ,१९ भदौ ।श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शुक्रबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन एवम् पूजाअर्चना गर्नु भएको छ ।