आमालाई चिरपट

उर्लाबारीमा आमाको हत्या आरोपमा छोरा पक्राउ

 

 

 

झापा /

मोरङको उर्लाबारीमा अमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका-४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पारिवारिक विवादका क्रममा आइतबार साझ गङ्गाप्रसादले आमालाई चिरपट प्रहार गरेको प्रहरीले बताएको छ ।

चिरपट प्रहारबाट गम्भीर घाइते वृद्धाको उपचारका क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा गएराती मृत्यु भएको प्रहरीले बताएको छ ।

हत्यामा संलग्न भएको आरोपमा गङ्गाप्रसादलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

गङ्गाप्रसादलाई सामान्य मानसिक समस्या पनि देखिएको प्रहरीले बताएको छ । उनीविरुद्ध कर्तज्यान मुद्दा चलाउने तयारी भएको श्रेष्ठले बताए । घटनाको बारेमा थप अनुसन्धान भएको प्रहरीले जनाएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सरकारले निशुल्क सिकाएको तालीमको प्रभावकारीता बारे के भन्छन् सहभागीहरू?

दमक नगरपालिका वडा नं. ३ को कार्यालयको पहिलो तला। एउटा उज्यालो हल, जहाँ २० जना महिलाहरू व्यस्त छन्। कोही डमीको कपाल मिलाउँदै, कोही एक–अर्कालाई मेकअप

दमक खेलकुद महोत्सवको रौनकः मैदानमा उत्साह, मनमा उमङ्ग

दमक,३१ वैशाख । विशाल खेल मैदान । बीचमा पसिना बगाउँदै गरेका जोसिला खेलाडी। अनि मैदानको चारैतिर आफ्ना मनपर्ने टोलीलाई उत्साह थप्दै चिच्याइरहेका हजारौँ दर्शक। यो

नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो महाधिवेशन जेठ १ र २ गते काठमाडौंमा हुने

काठमाडौं,३१ वैशाख । नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो केन्द्रीय महाधिवेशन तथा पाँचौं साधारणसभा यही जेठ १ र २ गते काठमाडौंमा हुने भएको छ । महासंघले

सीमा विवादको समाधान कूटनीतिक संवादबाट खोजिने’ भन्ने प्रावधानप्रति आपत्ति :गणेशसिंह ठगुन्ना

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद गणेशसिंह ठगुन्नाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएकाले त्यसलाई सीमा विवादका रूपमा नभई अतिक्रमित भूभागका रूपमा स्पष्ट उल्लेख

सरकारबाट निजी क्षेत्रमाथि भय सिर्जना गर्ने काम भइरहेको छ : रामकुमारी झाँक्री

काठमाडौं,३१ वैशाख । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गर्नुभएको छ ।  

संविधान केवल अक्षरहरूको सङ्ग्रह होइन : सुहाङ नेम्वाङ

काठमाडौं,३१ वैशाख । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संविधान संशोधन केवल संशोधनका लागि मात्र नभई जनताको अधिकारलाई थप सुदृढ गर्दै अग्रगमनतर्फ उन्मुख हुनुपर्ने बताउनु भएको