दमकका होलसेल व्यवसायीको हरियाली अभियान

झरीमा रुझ्‌दै गरे रतुवा किनारमा वृक्षरोपण

तटबन्धको डिललाई हरियाली र थप मजबुत समेत बनाउने योजना ।

दमक, ४ साउन । साउन ४ गते बिहान ७ बजे पछिको समय । हातमा विरुवा, कुटो र कुदालो बोकेर रतुवा नदीको किनारमा पुगे । यो समयमा सिम सिम पानी परिरहेको थियो । यद्यपि कोहीले बिरुवा ल्याएका थिए भनें कोही विरुवा रोप्नका लागि खाडल खनिरहेका थिए । अनि कोही चाँहि ठाउँको व्यवस्थापन गरिरहेका थिए ।
झापाको दमकमा रहेका होलसेल व्यवसायीहरुले दमक ७ स्थित रतुवा नदी किनारमा पुगेर गरेको वृक्षरोपणको दृष्य हो यो । सस्था स्थापनाको पाँचौ वार्षिक उत्सवको अवसर पारेर वृक्षरोपण आयोजना गरिएको हो ।

 

 

सामुहिक रुपमा गरिएको वृक्षरोपण दमकमा सक्रिय रहेको होलसेल व्यवसायीले १२० वटा विभिन्न प्रजातिका फलफूल, शीरिष तथा अन्य विरुवाहरु रोपे । संघका अध्यक्ष राम रिमालले दमकलाई हरित नगर बनाउन आफुहरुको पनि केही योगदान होस् भन्न यसखाले वृक्षरोपण गरिएको जानकारी दिनुभयो ।

 

विरुवा रोप्नु अहिले फेसन जस्तै बनेको छ । तर यसको संरक्षण नहुँदा रोपिएका बिरुवा केही दिनमै मर्ने गरेका छन् । किनकि, त्यसलाई आवश्यक पर्ने गोडमेल, मलजल तथा संरक्षणका अभावले ती विरुवा नहुर्केका उदाहरण कयांै छन् । तर होलसेल व्यवसायी संघले रोपेका सबै बिरुवा जगाउने गरी यसको संरक्षण , गोडमेलका काम समेत निरन्तर गरिने संघकी उपसचिव मैयादेवी आचार्य बताउनु हुन्छ ।

 

दमकस्थित रेडक्रसदेखि पूर्वतर्फ रतुवाको किनारमा अहिले स्थायी तटबन्ध निर्माण गरिएको छ । रतुवाको पाता कसेर बनाइएको यो तटबन्धको डिललाई हरियाली र थप मजबुत समेत बनाउन यहाँ वृक्षरोपण गरिएको होलसेल व्यवसायी संघले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही