दमकका होलसेल व्यवसायीको हरियाली अभियान

झरीमा रुझ्‌दै गरे रतुवा किनारमा वृक्षरोपण

तटबन्धको डिललाई हरियाली र थप मजबुत समेत बनाउने योजना ।

दमक, ४ साउन । साउन ४ गते बिहान ७ बजे पछिको समय । हातमा विरुवा, कुटो र कुदालो बोकेर रतुवा नदीको किनारमा पुगे । यो समयमा सिम सिम पानी परिरहेको थियो । यद्यपि कोहीले बिरुवा ल्याएका थिए भनें कोही विरुवा रोप्नका लागि खाडल खनिरहेका थिए । अनि कोही चाँहि ठाउँको व्यवस्थापन गरिरहेका थिए ।
झापाको दमकमा रहेका होलसेल व्यवसायीहरुले दमक ७ स्थित रतुवा नदी किनारमा पुगेर गरेको वृक्षरोपणको दृष्य हो यो । सस्था स्थापनाको पाँचौ वार्षिक उत्सवको अवसर पारेर वृक्षरोपण आयोजना गरिएको हो ।

 

 

सामुहिक रुपमा गरिएको वृक्षरोपण दमकमा सक्रिय रहेको होलसेल व्यवसायीले १२० वटा विभिन्न प्रजातिका फलफूल, शीरिष तथा अन्य विरुवाहरु रोपे । संघका अध्यक्ष राम रिमालले दमकलाई हरित नगर बनाउन आफुहरुको पनि केही योगदान होस् भन्न यसखाले वृक्षरोपण गरिएको जानकारी दिनुभयो ।

 

विरुवा रोप्नु अहिले फेसन जस्तै बनेको छ । तर यसको संरक्षण नहुँदा रोपिएका बिरुवा केही दिनमै मर्ने गरेका छन् । किनकि, त्यसलाई आवश्यक पर्ने गोडमेल, मलजल तथा संरक्षणका अभावले ती विरुवा नहुर्केका उदाहरण कयांै छन् । तर होलसेल व्यवसायी संघले रोपेका सबै बिरुवा जगाउने गरी यसको संरक्षण , गोडमेलका काम समेत निरन्तर गरिने संघकी उपसचिव मैयादेवी आचार्य बताउनु हुन्छ ।

 

दमकस्थित रेडक्रसदेखि पूर्वतर्फ रतुवाको किनारमा अहिले स्थायी तटबन्ध निर्माण गरिएको छ । रतुवाको पाता कसेर बनाइएको यो तटबन्धको डिललाई हरियाली र थप मजबुत समेत बनाउन यहाँ वृक्षरोपण गरिएको होलसेल व्यवसायी संघले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

3 500 + 500 Freispiele

BearbeitungszeitPromotionZahlungsmethodenTypLizenzZahlungsmethodenEinzahlungsbonusKontaktieren Sie jokertipp offizielle Homepage uns! EinzahlungenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! ZahlungsmethodenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! Dabei wird immer um Chips gespielt, eine wertfreie Spielwährung, die nur bei den kostenlosen Automatenspielen

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३