दमक| ५ साउन | साउन महिनाको सोमबारलाई शिवजीको खास दिन मानीन्छ । साउनभर शिव भक्तहरु ब्रत बस्ने र सोमबार जल चढाउन भन्दै बिभिन्न शिवालयहरुमा जाने गर्दछन् । यही क्रममा झापाको दमकमा रहेका दुई शिवलयहरु धनेस्वर र पशुपति मन्दिरमा पनि यो वर्षको साउन महिनाको पहिलो सोमबार भक्तजनको घुँइचो देखियो ।
शीवजीको अग्लो शालीक । मन्दिर देखी बाहिरैबाट समेत प्रष्ट देखिने । सिङ्गो गाउँलाईनै आफ्नो काखमा राखेजस्तै अनुभुत । यसको तलतर्फ १०८ वटा शिवलिङ्ग । त्यसको भीत्रपट्टि शिव पार्वतीको आकर्षक मन्दिर समेत । अनी यहाँ आएर जल चढाउने र दर्शन गर्नेहरुको भीड निकै लामो थियो । यो ठाउँ हो दमक ५ स्थित धनेश्वर शिवालय पाञ्चायन मन्दिर ।
यही मन्दिरमा भेटिनु भएकी रेनुका प्रसाई भट्टराई शिवजीलाई जल चढाउन यहाँ आउनु भयो । उहाँ भन्नु हुन्छ ‘शिवजीलाई साउन महिनामा जल चढाउँदा मनोकाक्षा पुरा हुने विस्वासका साथ आएकी हु । मलाई अनन्द लाग्छ । ’
यस्तै यही मन्दिरको परिसमा अर्कोपनि आकर्षक स्थल छ । नाग पोखरी । पोखरीको बिचमा शिवजीको अर्को प्रतिमा बनाइएको छ । जसको शीरबाट पानी झरीरहने बनाइएको छ । यहाँ वरीपरी पानीको फोहोरा सहित सफा र सुन्दर पोखरी । छेउ छेउमा रहेका बगैचाले सबैको मनै लाभ्याउने गर्र्दछ ।
यस्तै आकर्षक शविालयमा भेटिनु भएकी शोभा बेलबासे खतिवडा साउनमा शिवजीको भक्त बन्दा आफ्नो मनोकक्षा पुरा हुने मात्रै नभएर आत्मासुद्धि हुने र कम्तीमा हप्तामा एक दिन मात्र भएपनि ब्रत बस्दा र शिवलाय मन्दिरहरुमा जादा हिन्दु धर्मको संवर्धन र प्रर्वधन समेत हुने बताउनु हुन्छ ।
यस्तै दमक ६ बजार क्षेत्रमा रहेको शिव कामेस्वर पशुपतिनाथ मुक्तिधाममा पनि दर्शनार्थीको उत्तीकै भीडभाड देखिन्थ्यो । ठाउँ केहि साँधुरो रहेकोले पनि भक्तजनहरुको खचिखचाउ यहाँ देख्न सकिन्छ । भर्खरै बनाइएको यहाँको शिवलोक यस धामको नयाँ आकर्षक गन्तव्य बनेको छ भने मुख्य मन्दिरको छानो तामाले छाएकोले यो हेर्दा आकर्षक देखिन्छ । यहाँ पनि बिहानै देखी भक्तजनहरु धुमधामका साथ जल चढाइरहेका थीए ।
यही अवसरमा धनेस्वर मन्दिरमा रोटरी र रोट्र्याक क्लव साथै डाईनामीक पब्लीक लाइब्रेरीले चीया र प्रसाद वितरण गरेको थियो भने पशुपति मन्दिरमा लिओ क्लव अफ दमक यूनाईटेडले सर्वत र मैथेली सेवा समितीले भक्तजनहरुलाई प्रसाद वितरण गरेको थियो ।







