एमाले बैठकमा रावल र भुसालले भने- चोलेन्द्र र एमसीसी बोकेर चुनावमा जाँदा कहाँ पुगिन्छ?

 

 

 

 

 

काठमाडौं– नेकपा एमालेका सांसदहरुले महाभियोग प्रस्तावको सामाना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई पार्टीले बोकेर हिँड्न नहुने धारणा राखेका छन्।

एमाले सांसदहरु भीम रावल, घनश्याम भुसाल लगायतले चोलेन्द्र र एमसीसी बोकेर चुनावमा जाँदा पार्टीको अवस्था कहाँ पुग्छ भन्दै प्रश्न गरेका हुन्।

 

नेता रावलले एमसीसी र चोलेन्द्रलाई बोकेर हिँड्न नहुने बताए। ‘ एमसीसी राष्ट्रिय हित विपरित छ यसलाई र न्यायालाय बदनाम गराउने चोलेन्द्रलाई बोकेर हामी कहाँ पुग्छौं’ रावलले प्रश्न गरे।

 

‘चोलेन्द्रलाई बोकेर पार्टी उभो लाग्दैन, यो मुद्दामा निर्णय लिन जरुरी छैन’ नेता भुसालले बैठकमा भने, ‘ दलाल पुँजिवादकै उपज हुन् उनी। जसले न्यायालयलाई बदनाम गरेका थिए।

‘

उनले प्रतिपक्षसँग छलफल नगरि न्यायालका बारेमा सरकारले निर्णय गर्नु गलत भएकाले त्यस विषयबारे निर्णय गुर्नु उचित हुने भन्दै उनले चोलेन्द्रलाई बोक्न जरुरी नभएको बताए।

 

उनीहरुको भनाइपछि अध्यक्ष ओलीले नेतृत्वले सोचविचार गरेर निर्णय लिने बताए। एमाले संसदीय दलको बैठकमा १० जना नेताले आफ्नो धारणा राखेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक