दमक,८ साउन । बिर्तामोड नगरपालिका –६ शुभ बिहानी टोलस्थित सुँगुर फार्ममा ६५ वर्षीय डम्बरबहादुर मगर मृत भेटिएको प्रहरीले जनाएको छ ।
मगरको घर भारतको सिक्किम भए पनि स्थानीय सरोज लावतीले सञ्चालन गर्दै आएको फार्ममा सुँगुरलाई चारो खुवाउने र खोरको रेखदेख गर्दै आएका थिए ।
मगरको शव खोरको भुइँमा घोप्टो परेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । मृत अवस्थामा भेटिएका मगर अत्यधिक मदिरा सेवन गर्दै प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।
यसैगरी मोरङको कटहरी घर भएका १ जना पुरुष बिहीबार दिउँसो नहरमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
कटहरी गाउँपालिका–२ का अन्दाजी ३६ वर्षीय राजकुमार ऋषिदेवको शव फेला परेको प्रहरीले बताएको छ । घरनजिकै रहेको पानीको नहरमा डुबेर मृत्यु भएको अवस्थामा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी टोलीले घटनास्थलबाट कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि पठाइने र घटनाको थप अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ ।










