पूर्व राष्ट्रपति भण्डारीको सदस्यता विवाद

‘मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन’

काठमाण्डौ ,९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको सन्दर्भमा शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी उहाँले पार्टीको यो निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिनुभएको हो । पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिमा आएर देश र नागरिकको सेवा गर्ने विषयलाई अनौठो नमान्न आग्रहसमेत गर्नुभएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले देशको सामाजिक, आर्थिक र राजनीतिक विषयका साथै अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा अध्ययन तथा चिन्तन, मनन गर्दै आएको र आफ्नो राजनीतिक यात्रालाई पार्टीमा आबद्ध भएर अगाडि बढाउने बारेमा सोचेर अघि बढिरहेको बताउनुभएको छ ।

एमालेको मङ्गलवार सम्पन्न केन्द्रीय कमिटीको बैठकले संविधानको पालना गराउने, राष्ट्राध्यक्ष भइसकेको र गणतन्त्रको प्रतीकलाई दलको कार्यकर्ता र नेता बनाउने विषय सुहाउँदो नभएको निष्कर्ष निकालेको हो । गएको असार १४ गते पूर्वराष्ट्रपति भण्डारीले आफू पुनः सक्रिय पार्टी राजनीतिमा फर्किएको घोषणा समेत गर्नुभएको थियो ।
भण्डारीले कार्यकर्तालाई अझै एकता र सुदृढ गराउँदै पार्टी निर्माणमा लाग्न आग्रह गर्नु भएको छ । पार्टी केन्द्रीय कमिटी बैठकले सदस्यता नवीकरण नगर्ने निर्णय गरेसँगै रुष्ट भहुनु भएको उहाँले आफूलाई राजनीति गर्न संविधान र कानुन बाधक नभएको बताउनु भयो । पार्टीका निर्णय कार्यकर्ता, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट थाहा पाएको बताउनु भयो। उहाँले नेकपा एमालेको आफ्नो सदस्यता कसैले चाहेर फाल्न नसक्ने भन्दै आक्रोश व्यक्त गर्नु भएको छ।

’अहिले पार्टी सदस्यको कुरा हो। पार्टी सदस्य भएकै ४५ वर्ष भइसकयो। सदस्यता हुँदा मदनभण्डारी कोसी–सगरमाथा इन्चार्ज हुँदा लिएको हुँ। कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन’ उहाँले भन्नु भयो ।उहाँले पार्टी सदस्यता लिएको ३४ वर्ष हुँदा राष्ट्रपतिको शपथ लिएको र अहिले सदस्यता लिएको ४५ वर्ष भइसकेको बताँउनु भयो । राष्ट्रपतिको कार्यकालपछि आफूले बाँकी जीवन मातृ पार्टी एमालेबाटै अघि बढाउने निष्कर्ष निकालेको र काम अघि बढाउन लागेको पनिब बताँउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि

हुम्लामा धामीले कम्मरमै भाँचे फलामको डण्डा

हुम्ला,१० कार्तीक । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा आयोजित धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पार्कीबाडा मष्टाका धामीले सोटा (फलामको डण्डा) भाँचेर आफ्नो शक्ति