सेवामा विविधता र प्रविधिमा उत्कृष्टता

आधुनिक सेवा र गुणस्तरीय उपचारको नयाँ केन्द्र बन्दै निम्स हस्पिटल

सेवाको गुणस्तर, विशेषज्ञ टोली, प्रविधि र समुदायप्रतिको समर्पणले गर्दा यो अस्पताल दिन–प्रतिदिन जनविश्वासको गहिराइमा पुगिरहेको छ।

 

दमक १० साउन | झापाको दमक–९ क्याम्पस मोडस्थित निम्स नेशनल हस्पिटल प्रा.लि. पूर्वी नेपालमै भरपर्दो स्वास्थ्य सेवा दिन सफल एक अग्रणी निजी अस्पतालका रूपमा उभिएको छ।

 

 

पूर्व–पश्चिम राजमार्गमै जोडिएको यो अस्पताल अब बिरामीका लागि मात्र होइन, स्वास्थ्य सेवामा गुणस्तरीयताको प्रतीक बन्न थालेको छ।

 

 

विक्रम संवत २०७० साल जेठ ८ गते ‘जनता नेशनल हस्पिटल’का रूपमा दमक–६ फर्निचर लाइनमा स्थापना भएको यो संस्था, २०७३ साल जेठ १७ गतेदेखि ‘निम्स नेशनल हस्पिटल प्रा.लि.’ नाममा परिवर्तन भई हालको भौगोलिक स्थानमा आधुनिक सेवा सहित सञ्चालनमा छ।

 

 

 

११ सदस्यीय सञ्चालक समितिको नेतृत्वमा सञ्चालित अस्पतालका अध्यक्ष उमाकान्त आचार्यका अनुसार, “यस क्षेत्रका नागरिकले उपचारका लागि ठूलो सहर धाउनु नपरोस् भन्ने उद्देश्यका साथ यो अस्पतालको सुरुवात गरिएको हो।”

 

 

निम्सले अहिले दैनिक ५०–६० जनासम्मको ओपीडी सेवा दिइरहेको छ। बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म नियमित ओपीडी सञ्चालनमा छ भने, आकस्मिक सेवामा विशेषज्ञ चिकित्सकसहित २४ सै घण्टा उपचार सुविधा उपलब्ध छ।

 

 

हाडजोर्नी, स्त्रीरोग, नाक–कान–घाँटी, डेन्टल, जनरल फिजिसियन, एमडीजीपी लगायतका विशेषज्ञ चिकित्सकहरू नियमित रुपमा उपलब्ध छन्।

 

 

अत्याधुनिक ६४ स्लाइडको सिटी स्क्यान मेसिन, एक्स–रे, युएसजी, फुल–फ्लेज्ड प्रयोगशाला सेवा र फिजियोथेरापी सेवा समेत विशेष सुविधाका रूपमा सञ्चालनमा छन्।

 

 

सेवामा गुणस्तरीयता, समयमै उपचार र बिरामी सन्तुष्टिमा केन्द्रित हुदै टेक्नोलोजी र दक्ष जनशक्तिको राम्रो संयोजनले निम्सलाई फरक बनाउने काममा लागिरहिको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नबिन कुमार सिंह बताउनु हुन्छ ।

 

 

हाल अस्पतालमा दर्ता गरिएको २५ बेड रहेको छ भने, १०० बेडको पूर्ण सञ्चालन तयारी अन्तिम चरणमा पुगेको छ। अस्पतालमा १५० जना भन्दा बढी दक्ष नर्सिङ तथा प्राविधिक कर्मचारी कार्यरत छन्।

विशेषज्ञ चिकित्सकको टोलीमाः

डा. नबिन कुमार सिंह (हाडजोर्नी विशेषज्ञ)

डा. रबिन रत्न रञ्जितकार (जनरल सर्जन)

डा. बिवेक लामिछाने (फिजिसियन)

डा. अन्जु मण्डल (स्त्री रोग विशेषज्ञ)

डा. ज्ञानेन्द्र शाह (नाक–कान–घाँटी)

डा. विश्वास खरेल (एमडीजीपी)

डा. नभनित कुमार झा (डेन्टल सर्जन) रहेका छन्।

 

निम्स नेशनल हस्पिटलले स्वास्थ्य बीमा बोर्डमार्फत निःशुल्क स्वास्थ्य बीमा सेवा पनि उपलब्ध गराइरहेको छ। साथै, द्य७ऋ अस्पतालसँगको सहकार्यमा प्रत्येक महिनाको दोस्रो र अन्तिम बुधबार मुटु, क्यान्सर र मस्तिष्क/नसा रोग विशेषज्ञ सेवा सञ्चालन गरिँदै आएको छ। समय–समयमा ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण लगायतका सामाजिक सेवा पनि गर्दै आइरहेको अस्पतालले समुदायप्रति उत्तरदायी स्वास्थ्य संस्थाको छवि बनाउँदै गएको छ।

 

प्रशासन प्रमुख रोषन थापाका अनुसार,सेवा सहज बनाउनेतर्फ ध्यान दिएको बताउँदै अस्पतालको वातावरण, प्रशासनिक प्रक्रिया र सेवा प्रवाह सबै बिरामीमैत्री बनाइएको छ ।

 

 

नजिकिँदै गरेको विस्तार योजनाअनुसार, अस्पतालले १०० बेडको क्षमता सहित थप विशेषज्ञ सेवाहरू ल्याउने, प्रविधिमा अझ सुदृढ बनाउने र बिरामीलाई दमकबाटै सम्पूर्ण उपचार पाउने वातावरण बनाउने रणनीति अघि सारीको अस्पतलका अध्यक्ष आचार्यले योजना सुनाउनु भयो ।

 

 

दमकको मुटुमा अवस्थित निम्स नेशनल हस्पिटल आधुनिक स्वास्थ्य सेवाको उज्यालो केन्द्र बनेको छ। सेवाको गुणस्तर, विशेषज्ञ टोली, प्रविधि र समुदायप्रतिको समर्पणले गर्दा यो अस्पताल दिन–प्रतिदिन जनविश्वासको गहिराइमा पुगिरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

3 500 + 500 Freispiele

BearbeitungszeitPromotionZahlungsmethodenTypLizenzZahlungsmethodenEinzahlungsbonusKontaktieren Sie jokertipp offizielle Homepage uns! EinzahlungenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! ZahlungsmethodenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! Dabei wird immer um Chips gespielt, eine wertfreie Spielwährung, die nur bei den kostenlosen Automatenspielen

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३