सेवामा विविधता र प्रविधिमा उत्कृष्टता

आधुनिक सेवा र गुणस्तरीय उपचारको नयाँ केन्द्र बन्दै निम्स हस्पिटल

सेवाको गुणस्तर, विशेषज्ञ टोली, प्रविधि र समुदायप्रतिको समर्पणले गर्दा यो अस्पताल दिन–प्रतिदिन जनविश्वासको गहिराइमा पुगिरहेको छ।

 

दमक १० साउन | झापाको दमक–९ क्याम्पस मोडस्थित निम्स नेशनल हस्पिटल प्रा.लि. पूर्वी नेपालमै भरपर्दो स्वास्थ्य सेवा दिन सफल एक अग्रणी निजी अस्पतालका रूपमा उभिएको छ।

 

 

पूर्व–पश्चिम राजमार्गमै जोडिएको यो अस्पताल अब बिरामीका लागि मात्र होइन, स्वास्थ्य सेवामा गुणस्तरीयताको प्रतीक बन्न थालेको छ।

 

 

विक्रम संवत २०७० साल जेठ ८ गते ‘जनता नेशनल हस्पिटल’का रूपमा दमक–६ फर्निचर लाइनमा स्थापना भएको यो संस्था, २०७३ साल जेठ १७ गतेदेखि ‘निम्स नेशनल हस्पिटल प्रा.लि.’ नाममा परिवर्तन भई हालको भौगोलिक स्थानमा आधुनिक सेवा सहित सञ्चालनमा छ।

 

 

 

११ सदस्यीय सञ्चालक समितिको नेतृत्वमा सञ्चालित अस्पतालका अध्यक्ष उमाकान्त आचार्यका अनुसार, “यस क्षेत्रका नागरिकले उपचारका लागि ठूलो सहर धाउनु नपरोस् भन्ने उद्देश्यका साथ यो अस्पतालको सुरुवात गरिएको हो।”

 

 

निम्सले अहिले दैनिक ५०–६० जनासम्मको ओपीडी सेवा दिइरहेको छ। बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म नियमित ओपीडी सञ्चालनमा छ भने, आकस्मिक सेवामा विशेषज्ञ चिकित्सकसहित २४ सै घण्टा उपचार सुविधा उपलब्ध छ।

 

 

हाडजोर्नी, स्त्रीरोग, नाक–कान–घाँटी, डेन्टल, जनरल फिजिसियन, एमडीजीपी लगायतका विशेषज्ञ चिकित्सकहरू नियमित रुपमा उपलब्ध छन्।

 

 

अत्याधुनिक ६४ स्लाइडको सिटी स्क्यान मेसिन, एक्स–रे, युएसजी, फुल–फ्लेज्ड प्रयोगशाला सेवा र फिजियोथेरापी सेवा समेत विशेष सुविधाका रूपमा सञ्चालनमा छन्।

 

 

सेवामा गुणस्तरीयता, समयमै उपचार र बिरामी सन्तुष्टिमा केन्द्रित हुदै टेक्नोलोजी र दक्ष जनशक्तिको राम्रो संयोजनले निम्सलाई फरक बनाउने काममा लागिरहिको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नबिन कुमार सिंह बताउनु हुन्छ ।

 

 

हाल अस्पतालमा दर्ता गरिएको २५ बेड रहेको छ भने, १०० बेडको पूर्ण सञ्चालन तयारी अन्तिम चरणमा पुगेको छ। अस्पतालमा १५० जना भन्दा बढी दक्ष नर्सिङ तथा प्राविधिक कर्मचारी कार्यरत छन्।

विशेषज्ञ चिकित्सकको टोलीमाः

डा. नबिन कुमार सिंह (हाडजोर्नी विशेषज्ञ)

डा. रबिन रत्न रञ्जितकार (जनरल सर्जन)

डा. बिवेक लामिछाने (फिजिसियन)

डा. अन्जु मण्डल (स्त्री रोग विशेषज्ञ)

डा. ज्ञानेन्द्र शाह (नाक–कान–घाँटी)

डा. विश्वास खरेल (एमडीजीपी)

डा. नभनित कुमार झा (डेन्टल सर्जन) रहेका छन्।

 

निम्स नेशनल हस्पिटलले स्वास्थ्य बीमा बोर्डमार्फत निःशुल्क स्वास्थ्य बीमा सेवा पनि उपलब्ध गराइरहेको छ। साथै, द्य७ऋ अस्पतालसँगको सहकार्यमा प्रत्येक महिनाको दोस्रो र अन्तिम बुधबार मुटु, क्यान्सर र मस्तिष्क/नसा रोग विशेषज्ञ सेवा सञ्चालन गरिँदै आएको छ। समय–समयमा ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण लगायतका सामाजिक सेवा पनि गर्दै आइरहेको अस्पतालले समुदायप्रति उत्तरदायी स्वास्थ्य संस्थाको छवि बनाउँदै गएको छ।

 

प्रशासन प्रमुख रोषन थापाका अनुसार,सेवा सहज बनाउनेतर्फ ध्यान दिएको बताउँदै अस्पतालको वातावरण, प्रशासनिक प्रक्रिया र सेवा प्रवाह सबै बिरामीमैत्री बनाइएको छ ।

 

 

नजिकिँदै गरेको विस्तार योजनाअनुसार, अस्पतालले १०० बेडको क्षमता सहित थप विशेषज्ञ सेवाहरू ल्याउने, प्रविधिमा अझ सुदृढ बनाउने र बिरामीलाई दमकबाटै सम्पूर्ण उपचार पाउने वातावरण बनाउने रणनीति अघि सारीको अस्पतलका अध्यक्ष आचार्यले योजना सुनाउनु भयो ।

 

 

दमकको मुटुमा अवस्थित निम्स नेशनल हस्पिटल आधुनिक स्वास्थ्य सेवाको उज्यालो केन्द्र बनेको छ। सेवाको गुणस्तर, विशेषज्ञ टोली, प्रविधि र समुदायप्रतिको समर्पणले गर्दा यो अस्पताल दिन–प्रतिदिन जनविश्वासको गहिराइमा पुगिरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र राष्ट्रसंघीय आवासीय संयोजकबीच शिष्टाचार भेट

काठमाडौं,१६ वैशाख । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता भएको छ । भेटमा नेपाल–संयुक्त

सुकुम्बासी बस्तीमा डोजर र अध्यादेश शासनबारे सांसदहरूको आपत्ति

काठमाडौं,१६ वैशाख। प्रतिनिधिसभा सदस्यहरूले सुकुम्वासी माथिको सरकारकारी डोजर र अध्यादेशबाट शासन चलाउने विषय गम्भीर रहेको बताउनु भएको छ । बुधबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा

चक्रपथ विस्तारको दोस्रो चरणको सम्झौता सम्पन्न

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता बुधबार औपचारिक रूपमा सम्पन्न भएको छ। भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास

अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि

काठमाडौं,१६ वैशाख । यातायात व्यवस्था विभागले देशभरका अन्तर–प्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दरमा वृद्धि गरेको छ । विभागले २०८० वैशाख १६ गतेदेखि लागू हुने गरी

सर्लाहीको बागमतीमा मानव कङ्काल फेला

सर्लाही,१६ वैशाख । सर्लाहीमा मानव कङ्काल फेला परेको छ । जिल्लाको बागमती नगरपालिका – १२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला

एमालेको चुनावी असफलतामा पौडेलको समीक्षा

काठमाडौं,१६ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गर्नु भएको छ। २७औँ यदु स्मृति