दमक उद्योग वाणिज्य संघमा ५० प्रतिशतले पनि सदस्यता नवीकरण गराएनन्

दमक, साउन ११ /कुल सदस्य संख्याको ५० प्रशितले पनि दमक उद्योग वाणिज्य संघको सदस्यता नविरण नगरेको तथ्यांक फेला परेको छ । दमक उद्योग वाणिज्य संघका कार्यालय सचिव नीरज विष्टका अनुसार सुरुमा संघमा ८ हजार बढि सदस्य रहेको र पछिल्लो समय विभिन्न व्यवसायीको व्यवसाय बन्द समेत भएर सदस्य संख्या घटेको पनि उहाँले जानकारी दिनुभएको छ । यस अनुसार संघमा अहिले ६ हजार हाराहारीमा सदस्य रहेका छन् । तर यी ६ हजार मध्येपनि आदा संख्याले पनि नविकरण भने नगरेको तथ्यांक उहाँले उपलब्ध गराउनु भएको छ ।

 

संघमा चालु आर्थिक वर्ष २०८१/८२ मा सदस्यता नविकरण गर्ने व्यवसायीको संख्या २ हजार ३०८ जना रहेको छ । जुन कुल सदस्य संख्याको ३८ प्रतिशतले मात्रै नविकरण गरेका हुन । यो वर्ष चुनावी वर्ष भएकोले पनि तीन वर्षको एकै पटक नविकरण गर्दा यो संख्या बढेको हो । वर्षेनी नविकरण गर्नु पर्ने भएपनि संघमा व्यवसायीको आकर्षण घटेका कारण तीन वर्षमा एकै पटक त्यो पनि निर्वाचनका बेलामा मात्रै हुने गरेको छ । निर्वाचनमा कुन कुन उम्मेदवार उठ्छन् उनीहरुकै सहयोगमा व्यवसायीले नविकरण गर्ने गरेकाले पनि चुनावी वर्षमा बढि मात्रामा नविकरण हुने गरेको कार्यालय सचिव बिष्टको भनाई छ ।

यस आर्थिक वर्षमा ६८ जना नयाँ व्यवसायीले पनि संघको सदस्यता लिएका छन् । संघमा करिब ६ हजार भन्दा बढी सदस्य रहेको कार्यलय सचिब बिष्टको भनाई छ । ६ हजार सदस्य मध्ये आदाले पनि सदस्यता नविकरण भने गरेका छैनन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही