‘अग्रजलाई सुनौं’

“दुई पटक प्रहरीले पत्रिका र छापाखानामा छापा मारेको थियो ” अग्रज पत्रकार दाहाल

‘काम गर्दै गएपछि मात्रै पत्रकारिताको बारेमा थाहा भयो,’

बिर्तामोड, ११ साउन । झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहालले आफ्नो पेशागत अनुभव र प्रेरणादायी भोगाईहरु आज नयाँ पुस्ताका पत्रकारहरु माझ सुनाउनु भएको छ ।

प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रममा उहाँले पत्रकारिता यात्राको सुरुदेखिका जीवन भोगाईहरु सुनाउनु भएको हो ।

चौतारीको झापा शाखाले गत वैशाखदेखि ‘अग्रजलाई सुनौं’ कार्यक्रमको श्रृंखला चलाउँदै आएको छ । अग्रज दाहाल दोस्रो श्रृंखलामा मुख्य वक्ताको रुपमा आमन्त्रित हुनु भएको हो । यसअघि अर्का अग्रज पत्रकार शिरोमणि खतिवडा (शिरो सान्दाइ) पहिलो श्रृंखलामा मुख्य वक्ताको रुपमा उभिनु भएको थियो ।

 

पाँच दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील अग्रज पत्रकार दाहाल हाल दमकबाट प्रकाशित पूर्वसन्देश दैनिकको सम्पादन तथा प्रकाशन गरिरहनु भएको छ ।
लेटर प्रेस हुँदै पत्रकारितामा प्रवेश गर्नुभएका दाहालले पत्रकारितामा भविष्य रहेको बताउनुभयो ।

पत्रकारिताबाटै जीवनमा सामाजिक र आर्थिक उन्नति गरेको बताउँदै उहाँले नयाँ पुस्तालाई नयाँ ढंगबाट निष्ठापूर्वक निरन्तर काम गर्न सुझाव दिनुभयो । नयाँ पत्रकारहरुले पुरानै शैली अपनाइयो भने यो क्षेत्रमा प्रगति गर्न नसकिने उहाँको भनाई थियो ।

पत्रकारितामा प्रवेश गरेको केहि समयपछि मात्रै पेशाको बारेमा जानकारी पाएको बताउनुभयो । ‘काम गर्दै गएपछि मात्रै पत्रकारिताको बारेमा थाहा भयो,’  उहाँले थप्नुभयो ।
अग्रजलाई सुन्न सहभागी नयाँ र अघिल्लो पुस्तासँग दाहालले पत्रकारितामा आफू नआएको भए बैंकिङ वा शिक्षण क्षेत्रमा जाने सम्भावना रहेको सुनाउनु भयो ।

‘म पत्रकार बनेको थिइन भने एउटा राम्रो शिक्षक वा बैंकर्स बन्ने थिए,’ उहाँले भन्नुभयो –‘सुरु सुरुमा सम्मान पाएकै कारण पत्रकारितामा प्रेरित भएर लागियो । पछि त जीवन निर्वाह सहज हुनेगरी आर्जन पनि गरियो ।’

मासिक १२५ रुपैयाँमा शिक्षण समेत गर्नुभएका दाहालले अहिलेका पत्रकारहरुको लेखाईमा धेरै प्रभाव नरहेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– ‘पहिले सानो समाचार बनाउँदा पनि ठुलै प्रभाव पर्ने थियो, अहिले पहिले जस्तो छैन ।’

कुनै पनि पेशामा निरन्तरता दिए मात्रै सफलता प्राप्त गर्न सकिने पत्रकार दाहालको धारणा छ । उहाँले भन्नुभयो– ‘निरन्तरताको मिहेनतले नै पूर्वसन्देश र मेरो पत्रकारिता सफल भएको हो । आज पनि मेरो पहिलो प्राथमिकता पत्रिकाकै काममा हुन्छ ।’

छापा पत्रकारिताको युग सकियो कि भन्ने टिप्पणीप्रति दाहालले असहमति जनाउँदै अझै पनि भविष्य रहेको बताउनु भयो । विज्ञापन र ग्राहक शुल्कबाट व्यवसायलाई अघि बढाइरहेको सुनाउनुभयो ।

०६२÷६३ को आन्दोलनहरुलाई स्मरण गर्दै शाही सेना र माओवादी विद्रोहीको दोहोरो दवदवा रहेका अवस्थामा समाचारमा सन्तुलन ल्याउनु चुनौतिपूर्ण रहेको विषयमा रोचक प्रसंगहरु सुनाउनु भएको थियो ।

दुई पटक प्रहरीले पत्रिका र छापाखानामा छापा मारे पनि पत्रिकार र छापाखानाको काम बन्द नगरेको उहाँले सुनाउनुभयो । पत्रिकामा आम नागरिकलाई धेरै विश्वास हुने भन्दै उहाँले पत्रकारहरुलाई खोज समाचारमा लाग्न आग्रह समेत गर्नुभयो ।

झापामा अग्रज पत्रकारहरुको जीवन अनुभव, पत्रकारिता क्षेत्रमा गरेका संघर्षहरु सुन्नका लागि प्रेस चौतारी नेपाल झापाले सुरु गरेको ‘अग्रजलाई सुनौं’ कार्यक्रम प्रभावकारी रहेको सहभागीहरुले बताएका छन् ।

कार्यक्रमको अध्यक्षता गर्नुभएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदिप परियारले अग्रज पुस्ताका अनुभव र भोगाइहरु नयाँ पुस्ताका लागि प्रेरणादायी हुने भएकाले हरेक तीन–तीन महिनामा कार्यक्रमलाई नियमित गरिने बताउनुभयो ।

कार्यक्रममा अग्रज पत्रकार दाहाललाई सहभागीहरुले विभिन्न जिज्ञासा समेत राख्नु भएको थियो । दाहालले जिज्ञासाहरुको उत्तर दिनु भएको थियो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् कोशी प्रदेशका सहइञ्चार्ज गोपाल काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज माधव विद्रोही, केन्द्रीय सदस्यहरु सावित्रा दाहाल, शम्भु दाहाल, फाँट इञ्चार्ज मनकुमार गदाल, पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी न्यौपाने लगायतको आतिथ्यता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

3 500 + 500 Freispiele

BearbeitungszeitPromotionZahlungsmethodenTypLizenzZahlungsmethodenEinzahlungsbonusKontaktieren Sie jokertipp offizielle Homepage uns! EinzahlungenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! ZahlungsmethodenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! Dabei wird immer um Chips gespielt, eine wertfreie Spielwährung, die nur bei den kostenlosen Automatenspielen

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३