श्रीकृष्ण रथ यात्रा २०८२

दमकको रथ यात्रामा ५० हजार बढी श्रद्धालु सहभागी गराइने

रथयात्राले धार्मिक सहिष्णुता, सामूहिक एकता र सांस्कृतिक चेतनाको अभिवृद्धिमा विशेष योगदान पुर्‍याउने विश्वास

दमक १३ साउन । दमक नगर आगामी भदौ १ गते श्रीकृष्ण रथयात्राको उल्लासमय र भव्य आयोजनाको तयारीमा जुटेको छ।

मूल आयोजक समितिले मंगलबार एक बृहत् छलफल कार्यक्रम आयोजना गरी दमकमा सकृय विभिन्न संघसंस्थासँग समन्वय र सहयोगका लागि प्रतिवद्धता जनाउन आग्रह गर्‍यो।

 

छलफलमा विगतका अनुभव र जिम्मेवारीका आधारमा यसपटक पनि आ–आफ्नो क्षेत्रबाट सहयोग सुनिश्चित गर्ने निर्णय गरिएको र दमकको यो रथ यात्रा भव्य र सभ्य बनाउने सहकार्य छलफलमा सहभागी हुने सवै संघ सस्थाका पदाधिकारी तथा प्रतिनिधीहरुलाई आयोजक मुल समितीका अध्यक्ष रोहीत आचार्यले आभार व्यक्त गर्नु भएको छ ।

 

 

दमक नगरपालिकाका नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाई, नगरका विभिन्न वडाध्यक्षहरू, सामाजिक तथा राजनीतिक व्यक्तित्वहरू, दमकका अग्रणी संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति उक्त छलफलमा देखिएको थियो।

 

 

छलफलमा नगर प्रमुख थापाल “दमकको सांस्कृतिक र धार्मिक पहिचानलाई राष्ट्रिय स्तरमा उचो तुल्याउने अभिप्रायले रथयात्रालाई विशेष र व्यवस्थित बनाउन हामी सबै एकजुट हुन अपील गर्नु भएको छ । उहाँले करिब ५० हजार भक्तजन र दर्शकको सहभागिता हुने अपेक्षा गर्दै, रथयात्रालाई दमकको गौरवमय पहिचान बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

रथयात्राको सुरक्षा, सवारी व्यवस्था, आपतकालीन स्वास्थ्य सेवा, र जनसहभागिता व्यवस्थापनका लागि सुरक्षा निकाय, ट्राफिक प्रहरी, स्वयंसेवक समूह र स्थानीय संघ–संस्थासँग समन्वय गरिएको छ।

 

 

रथयात्राले धार्मिक सहिष्णुता, सामूहिक एकता र सांस्कृतिक चेतनाको अभिवृद्धिमा विशेष योगदान पुर्‍याउने विश्वास गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि