सहायताका लागि सहायता सामग्री

ज्येष्ठ र अपांगताको सहारा बन्दै दमक नगरपालिका, स्वास्थ्य उपचारसंगै सहायता सामग्री वितरण

सामाजिक उत्तरदायित्व अन्तर्गत ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको स्वास्थ्य र सम्मानजनक जीवनयापनका लागि पहल

 

दमक, १४ साउन । दमक नगरपालिका–७ की ९९ वर्षीया हर्कशिला राजबंशी पछिल्ला १० वर्षदेखि हिँडडुल गर्न नसक्ने अवस्थामा हुनुहुन्छ। उहाँलाई नियमित औषधि सेवन गर्नुपर्ने अवस्था छ। उहाको शरीर असक्त भइसकेको छ। दमक–२ की ३० वर्षीया तारा लिम्बु सानैदेखि स्वास्थ्यमा समस्या झेल्दै आउनुभएको थियो, अहिले पूर्ण रुपमा अपांगता हुनुभएको छ ।

 

यस्तै, दमक–१ का भीम खड्का पनि पाँच वर्षदेखि अरुकै सहारामा हिँडडुल गर्दै आउनुभएको छ। यी सबैजना दमक नगरपालिकाको सहयोगमा दिनचर्या कटाइरहनुभएको छ । मंगलबार दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईसहितको टोली घरघरमै पुग्नुभयो ।

 

नगरपालिका महिला तथा बालबालिका शाखा र स्वास्थ्य शाखासमेतको उपस्थितीमा पुग्नुभएकी उपप्रमुख भट्टराईले उहाहरुको स्वस्थ्य अबस्था मात्र बुझ्‌नुभएन उहाहरुको सहायताका लागि सहायता सामग्री स्वरुप ह्लिचेयर पनि वितरण गर्नुभयो । सोही क्रममा स्वास्थ्य परीक्षणसहित ह्विलचेयर प्रदान गरिएको छ। दमक अस्पतालका मेडिकल अफिसर डा. प्रदीप भट्टराईले जेष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण गर्नुभयो।

 

राजबंशी, खड्का र राई त उदाहरण मात्रै हुन, दमक नगरपालिकामा रहेका ९० बर्षमाथिका जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरुको स्वस्थउपचार र हेरचाहका लागि नगरपालिकाले बिशेष पहल गर्दै आएको छ ।

 

दमक नगरपालिका उपप्रमुख अपांगताको शिक्षा, अपांगता स्वस्थ्यका लागि स्थानिय सरकाकारको प्रत्याभूति दिलाउन उनीहरुको जीवन सहज बनाउन बिगत २ बर्षदेखि सहयोग गर्दै आएको बताउनुभयो । यसरैगरि ज्येष्ठ नागरिकका लागि औषधी उपचारका क्षेत्रमा पनि काम गर्दै आएको उहाको धारणा छ ।

 

दमक नगरपालिका अन्ततर्गत दमक अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको स्वास्थ्य र सम्मानजनक जीवनयापनका लागि गरेको यो पहल एक उदाहरणीय कदम हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नर्सहरुमा नैरास्यता, देशभीत्र अवसर र सम्मान छैन अनी नविदेशीएर के गर्ने ?

दमक, १४ कार्तिक । नर्स स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्ड हुन्। अस्पतालमा बिरामीको हेरचाह, उपचारमा सहयोग, औषधि व्यवस्थापन लागायेत हरेक कार्यमा नर्सको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।

डुबान दमकको बसपार्क, यसले निकास पाउँदैन ?

दमक, १४ कार्तिक । दमक बसपार्क झापा जिल्लाको दमक नगरपालिकामा अवस्थित एक प्रमुख यातायात केन्द्र हो। यो बसपार्क पूर्वी नेपालका विभिन्न जिल्ला तथा प्रदेशहरूलाई जोड्ने

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।