पालिका र वडाको प्रोत्साहन

मिस्टर नेपालका प्रतिष्पर्धी प्रकाशलाई नगरपालिकाको शुभकामना

पथरी, १४ साउन
मिस्टर नेपाल २०२५ को प्रतिष्पर्धामा सहभागि पथरी शनिश्चरेका स्थानीय युवा प्रकाश चौहानलाई नगरपालिकाको तर्फबाट शुभकामना प्रदान गरिएको छ ।

 

नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्लेले प्रकाश चौहानसँग भेटघाट गर्दै प्रतियोगितामा जितको शुभकामना व्यक्त गर्नुभयो ।

 

यसैगरी, नगर प्रवक्ता एवम् ८ नम्बर वडाअध्यक्ष नवीन कार्की र ४ का अध्यक्ष लोकनाथ न्यौपानेले पनि अलगत रुपमा वडा कार्यालयमा चौहानलाई स्वागत गर्दै जितको शुभकामना व्यक्त गर्नुभएको छ ।

 

पथरी शनिश्चरे वडा नं. ४ का चौहान यसअघि मिस्टर नेपाल २०२४ प्रतियोगिताको टप ७ फाइनलिस्ट र ‘मिस्टर एक्टिभ राउण्ड’ का विजेता समेत भइसक्नुभएको छ । नगरपालिका र वडाको समर्थनप्रति आभार प्रकट गर्दै चौहानले भन्नुभयो–‘मैले यस वर्ष निक्कै मेहनत गरेको छु । एक वर्षको निरन्तर अभ्यास र प्रयास अब म यस पटक देखाउनेछु । मलाई आशा छ, तपाईंहरूको साथ र सहयोग सधैं रहिरहनेछ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रोमानियालाई नेपालमा लगानी गर्न सांसद पराजुलीको आग्रह

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानिया बीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताउनु भएको

शेखर कोइरालाद्वारा पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव

काठमाडौं,११ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सार्नु भएको छ। कांग्रेसभित्र तिब्र विवाद र असन्तुष्टि बढिरहेको

सरकारले गरेका ४  निर्णय

सरकारले नेपाल(चीन जोड्ने विद्युत प्रसारणलाइन आयोजना (चिलिमे(केरुङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रतिउत्तरपत्र स्वीकृत गर्नेसहित ४ 

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं,११ जेठ । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने

पूर्णबालमैत्री नभएर बालमैत्री उन्मुख वडा घोषणा, कहिले हुन्छ पूर्ण बालमैत्री ?

दमक,११ जेठ । झापाको दमक नगरपालिका वडा नम्बर २लाई बालमैत्री उन्मुख वडा घोषणा गरीएको छ । आईतबार औपचारीक कार्यक्रमकोअ ायोजना गरी जिल्ला समन्वय समिती झापाको