पालिका र वडाको प्रोत्साहन

मिस्टर नेपालका प्रतिष्पर्धी प्रकाशलाई नगरपालिकाको शुभकामना

पथरी, १४ साउन
मिस्टर नेपाल २०२५ को प्रतिष्पर्धामा सहभागि पथरी शनिश्चरेका स्थानीय युवा प्रकाश चौहानलाई नगरपालिकाको तर्फबाट शुभकामना प्रदान गरिएको छ ।

 

नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्लेले प्रकाश चौहानसँग भेटघाट गर्दै प्रतियोगितामा जितको शुभकामना व्यक्त गर्नुभयो ।

 

यसैगरी, नगर प्रवक्ता एवम् ८ नम्बर वडाअध्यक्ष नवीन कार्की र ४ का अध्यक्ष लोकनाथ न्यौपानेले पनि अलगत रुपमा वडा कार्यालयमा चौहानलाई स्वागत गर्दै जितको शुभकामना व्यक्त गर्नुभएको छ ।

 

पथरी शनिश्चरे वडा नं. ४ का चौहान यसअघि मिस्टर नेपाल २०२४ प्रतियोगिताको टप ७ फाइनलिस्ट र ‘मिस्टर एक्टिभ राउण्ड’ का विजेता समेत भइसक्नुभएको छ । नगरपालिका र वडाको समर्थनप्रति आभार प्रकट गर्दै चौहानले भन्नुभयो–‘मैले यस वर्ष निक्कै मेहनत गरेको छु । एक वर्षको निरन्तर अभ्यास र प्रयास अब म यस पटक देखाउनेछु । मलाई आशा छ, तपाईंहरूको साथ र सहयोग सधैं रहिरहनेछ ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका