कार्तिक १५ देखि २२ गतेसम्म

झापामा महिला गोल्डकप’ आयोजना हुने

झापा महिला गोल्डकपलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको खेलकुद अभियानका रूपमा अगाडि बढाउने तयारी भइरहेको झापाली फुटबलरहरुले बताएका छन्।

 

झापा | १५ साउन महिला फुटबलको इतिहासमा पहिलोपटक झापामा अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगिता ‘झापा महिला गोल्डकप’ आयोजना हुने भएको छ।

प्रतियोगिता शिवसताक्षी नगरपालिका–११ स्थित नवनिर्मित दुधे रंगशालामा आगामी कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने तयारी भइरहेको छ।

 

महिला फुटबलको प्रवर्द्धन, स्थानीय खेलाडी उत्पादन र राष्ट्रियस्तरको प्रतिस्पर्धालाई मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ। झापा जिल्लामा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय महिला प्रतियोगिता संचालनका लागि करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ।

आयोजक झापा महिला गोल्डकपका अनुसार हालसम्म नेपालमा आयोजना भएका महिला फुटबल प्रतियोगिताहरूको सर्वाधिक पुरस्कार राशी भन्दा उच्च हुने हुनेछ। यसअघि इलाममा सम्पन्न महिला फुटबल प्रतियोगितामा सर्वाधिक ७ लाख रुपैयाँ पुरस्कार राशी राखिएको थियो ।

 

प्रतियोगितामा आयोजकको तर्फबाट एउटा टिमसहित नेपालका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, र नेपाल पुलिस क्लबको सहभागिता सुनिश्चित भइसकेको छ। यस्तै भारत र भुटानबाट एक–एक वटा ‌टिम सहभागी हुनेछन् भने बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबहरूबाट रहनेछन्।

 

कुल ८ टिमको सहभागिता रहनेछ। विदेशी टिमहरूको सहभागिताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय पहिचान दिन सहयोग पुग्ने विश्वास गरिएको छ।

 

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मस्ट भ्यालुएबल प्लेयर, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा नगदसहित ट्रफी प्रदान गरिनेछ। साथै हरेक खेलको ‘प्लेयर अफ द वुमन’ लाई पनि नगद र ट्रफी दिइनेछ।

 

प्रतियोगिता आयोजना स्थल दुधे रंगशालामा अस्थायी र पक्की प्याराफिट निर्माण तीव्र रूपमा अगाडि बढाइएको छ। नगरप्रमुख मेघाहाङ थोप्राले रंगशालालाई फास्ट ट्रयाकमार्फत निर्माण सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिए। रंगशालाले २८ हजार दर्शक अटाउने क्षमताको प्याराफिट निर्माण गरिरहेको छ, जसका लागि अघिल्लो चरणमा २ करोड १८ लाख रुपैयाँ खर्च भइसकेको छ भने चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ संघीय बजेट विनियोजन गरिएको छ।

 

झापा महिला गोल्डकपलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको खेलकुद अभियानका रूपमा अगाडि बढाउने तयारी भइरहेको झापाली फुटबलरहरुले बताएका छन्। महिला खेलाडी उत्पादन, ग्रासरुट फुटबल प्रशिक्षण, प्रशिक्षक निर्माण जस्ता विषयमा प्रतियोगिताले योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ। प्रतियोगिताका संरक्षकमा नगरप्रमुख मेघाहाङ थोप्रा रहेका छन् भने खेल पत्रकार हिमाल खरेलको नेतृत्वमा सचिवालय गठन गरिएको छ।

 

आयोजक समिति अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताबाट कम्तिमा ५० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ। उक्त आम्दानीलाई आगामी संस्करणमा उपयोग गरी प्रतियोगितालाई निरन्तरता दिने योजना रहेको अध्यक्ष थोप्राले बताए।

 

आयोजकले प्रतियोगिताको पुरस्कार राशी हालसम्मकै सर्वाधिक ७ देखि १० लाख रुपैयाँबीच हुने गरी निर्धारण गर्ने स्पष्ट पारेको छ। झापा महिला गोल्डकपलाई स्थानीय मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अभियानका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको छ।

 

झापाली उद्योगी, व्यवसायी, सञ्चारकर्मी र खेलप्रेमीहरूको सक्रिय सहकार्यमा आयोजना हुन लागेको यो प्रतियोगिता झापा जिल्लाको गौरवमय पहिचान बन्ने अपेक्षा आयोजकको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि