कार्तिक १५ देखि २२ गतेसम्म

झापामा महिला गोल्डकप’ आयोजना हुने

झापा महिला गोल्डकपलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको खेलकुद अभियानका रूपमा अगाडि बढाउने तयारी भइरहेको झापाली फुटबलरहरुले बताएका छन्।

 

झापा | १५ साउन महिला फुटबलको इतिहासमा पहिलोपटक झापामा अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट प्रतियोगिता ‘झापा महिला गोल्डकप’ आयोजना हुने भएको छ।

प्रतियोगिता शिवसताक्षी नगरपालिका–११ स्थित नवनिर्मित दुधे रंगशालामा आगामी कार्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने तयारी भइरहेको छ।

 

महिला फुटबलको प्रवर्द्धन, स्थानीय खेलाडी उत्पादन र राष्ट्रियस्तरको प्रतिस्पर्धालाई मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक समितिले जनाएको छ। झापा जिल्लामा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय महिला प्रतियोगिता संचालनका लागि करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ।

आयोजक झापा महिला गोल्डकपका अनुसार हालसम्म नेपालमा आयोजना भएका महिला फुटबल प्रतियोगिताहरूको सर्वाधिक पुरस्कार राशी भन्दा उच्च हुने हुनेछ। यसअघि इलाममा सम्पन्न महिला फुटबल प्रतियोगितामा सर्वाधिक ७ लाख रुपैयाँ पुरस्कार राशी राखिएको थियो ।

 

प्रतियोगितामा आयोजकको तर्फबाट एउटा टिमसहित नेपालका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, र नेपाल पुलिस क्लबको सहभागिता सुनिश्चित भइसकेको छ। यस्तै भारत र भुटानबाट एक–एक वटा ‌टिम सहभागी हुनेछन् भने बाँकी दुई टिम नेपालका ए डिभिजन क्लबहरूबाट रहनेछन्।

 

कुल ८ टिमको सहभागिता रहनेछ। विदेशी टिमहरूको सहभागिताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय पहिचान दिन सहयोग पुग्ने विश्वास गरिएको छ।

 

खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मस्ट भ्यालुएबल प्लेयर, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा नगदसहित ट्रफी प्रदान गरिनेछ। साथै हरेक खेलको ‘प्लेयर अफ द वुमन’ लाई पनि नगद र ट्रफी दिइनेछ।

 

प्रतियोगिता आयोजना स्थल दुधे रंगशालामा अस्थायी र पक्की प्याराफिट निर्माण तीव्र रूपमा अगाडि बढाइएको छ। नगरप्रमुख मेघाहाङ थोप्राले रंगशालालाई फास्ट ट्रयाकमार्फत निर्माण सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिए। रंगशालाले २८ हजार दर्शक अटाउने क्षमताको प्याराफिट निर्माण गरिरहेको छ, जसका लागि अघिल्लो चरणमा २ करोड १८ लाख रुपैयाँ खर्च भइसकेको छ भने चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ संघीय बजेट विनियोजन गरिएको छ।

 

झापा महिला गोल्डकपलाई सामाजिक उत्तरदायित्वसँग जोडिएको खेलकुद अभियानका रूपमा अगाडि बढाउने तयारी भइरहेको झापाली फुटबलरहरुले बताएका छन्। महिला खेलाडी उत्पादन, ग्रासरुट फुटबल प्रशिक्षण, प्रशिक्षक निर्माण जस्ता विषयमा प्रतियोगिताले योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ। प्रतियोगिताका संरक्षकमा नगरप्रमुख मेघाहाङ थोप्रा रहेका छन् भने खेल पत्रकार हिमाल खरेलको नेतृत्वमा सचिवालय गठन गरिएको छ।

 

आयोजक समिति अध्यक्ष सन्तोष थोप्राका अनुसार प्रतियोगिताबाट कम्तिमा ५० लाख रुपैयाँ आम्दानी हुने अपेक्षा गरिएको छ। उक्त आम्दानीलाई आगामी संस्करणमा उपयोग गरी प्रतियोगितालाई निरन्तरता दिने योजना रहेको अध्यक्ष थोप्राले बताए।

 

आयोजकले प्रतियोगिताको पुरस्कार राशी हालसम्मकै सर्वाधिक ७ देखि १० लाख रुपैयाँबीच हुने गरी निर्धारण गर्ने स्पष्ट पारेको छ। झापा महिला गोल्डकपलाई स्थानीय मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अभियानका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको छ।

 

झापाली उद्योगी, व्यवसायी, सञ्चारकर्मी र खेलप्रेमीहरूको सक्रिय सहकार्यमा आयोजना हुन लागेको यो प्रतियोगिता झापा जिल्लाको गौरवमय पहिचान बन्ने अपेक्षा आयोजकको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अमेरिका–इरान शान्ति सम्झौता आजै हुने ट्रम्पको दाबी

एजेन्सी,३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गर्नु भएको छ् । ‘सम्झौता

सर्लाहीमा ईभीको ठक्करबाट एक महिलाको मृत्यु, एक घाइते

सर्लाही,३१ जेठ । सर्लाहीमा ईभी हाईस(माइक्रो)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अर्की महिला घाइते भएकी छन् । जिल्लाको बागमती नगरपालिका–९ स्थित निर्माण चोक

नेतृत्वलाई दबाब दिन विराटनगरमा कांग्रेस इतर पक्षको शक्ति प्रदर्शन

विराटनगर,३१ जेठ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आज विराटनगरमा प्रदेशस्तरीय भेला आयोजना गर्दै पार्टी नेतृत्वमाथि दबाब सिर्जना गर्ने तयारी गरेको छ । कोशी प्रदेशका

दमक नगरपालिकाद्वारा वडागत बजेट सिलिङ सार्वजनिक ,कुन वडालाई कति?

दमक,३० जेठ।“औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध नगर“ भन्ने सुन्दर नाराका साथ अघि बढिरहेको कोशी प्रदेश, नेपालको झापा जिल्लास्थित दमक नगरपालिकाको कार्यालयले

मृत्यु भएका आठै जनाको पहिचान खुल्यो

रामेछाप,३० जेठ । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा हिजो भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय

ब्राजिल र मोरक्कोबीच आइतबार महाभिडन्त

काठमाडौं,३० जेठ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतिक्षित खेलमा आइतबार प्रतियोगिताको सबैभन्दा सफल टोली ब्राजिल र अफ्रिकन जायन्ट मोरक्को आमने–सामने हुँदैछन् । न्यु