इसाई समाजबाट रक्तदान, शैक्षिक प्रोत्साहन र विरुवा वितरण

दमक, १६ साउन / दमक नगर इसाई समाजले दमकका ४६ औं रक्तदान कार्यक्रमसहित विद्यार्थी शैक्षिक प्रोत्साहन र फलफूलका विरुवा वितरण गरेको छ ।

 

 

कार्यक्रमकी प्रमुख अतिथि दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले दमक नगरको विकास, परिवर्तन र सामाजिक सेवामुखी अभियानमा दमक नगर इसाई समाजको योगदान उच्च रहेको भन्दैं प्रशंसा गर्नुभयो ।

 

दमक गणतन्त्र चौकमा आयोजित रक्तदान कार्यक्रममा ४७ महिलासहित १ सय ३५ जनाले रगत दान गरेका थिए । २०५२ सालदेखि दमक नगर इसाई समाजले दमकमा रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।

 

सोही कार्यक्रमकाबीच दमक क्षेत्रभरी सामुदायिक तथा निजी विद्यालयबाट यसवर्षको एसईईमा उत्कृष्ठ अंक ल्याउने आधा दर्जन विद्यार्थीलाई नगद पुरुस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । रक्तदातासहित कार्यक्रमका पाहुनाहरुलाई मायाको चिनोस्वरुप अम्बक, सिरिस लगायतको विरुवाहरु वितरण गरिएको छ ।

 

 

दमक नगर इसाई समाजका अध्यक्ष हेमन्त सुब्बाको अध्यक्षताको कार्यक्रममा दमक नगर इसाई समाजका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार सदस्य पाष्टर आकाश थुलुङ राईले दमकका ४६औं रक्तदान कार्यक्रम उत्साहजन र सफलताका साथ सम्पन्न गर्न पाएकोमा रक्तदाताहरु र प्राविधिक सहयोग गर्ने दमक रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभागप्रति आभार सहित धन्यवाद व्यक्त गर्नुभयो ।

 

सामाजिक व्यवस्थापन समितिका संयोजक समेत रहनुभएका थुलुङले २०५२ सालदेखि दमकमा जाति, धर्म, लिङ्ग र कालो–गोरो नभनी सामाजिक सेवामुखी कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको जानकारी गराउनुभयो । कोभिडको सक्रमणकालिन समयमा इसाई समाजले दमकमा खाद्यान्य सामग्रीहरुदेखि स्वास्थ्य र चेतनामुलक कार्यक्रमहरु सम्पन्न गरेको समेत जनाउनु भयो ।

 

 

कार्यक्रममा जीवन चक्र समाज नेपालका संस्थापक अध्यक्ष एवम् सडक (राजमार्ग) सुरक्षा अभियानकार गणेशप्रसाद गौतमले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

 

दमक नगर इसाई समाजका पूर्व अध्यक्ष एवम् अन्तर धार्मिक शान्ति सञ्जाल झापाका अध्यक्ष पाष्टर राजकुमार नाछिरिङ राईले परमेश्वरको प्रार्थनाबाट कार्यक्रम शुभारम्भ गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा गुडिरहेको बुलेट मोटरसाइकलमा आगलागी, चालक सकुशल

दमक,१ वैशाख । मिति २०८३ साल वैशाख १ गते दिउँसो १२ः४५ बजे दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार

घुम्ने होइन त बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ?

बाजुरा,१ वैशाख । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम

नयाँ वर्षमा पूर्व प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं,१ वैशाख। निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी

बजारमा कति बढ्यो अण्डाको मूल्य?

चितवन, १ बैशाख । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार

अमेरिकी नाकाबन्दी निर्णयको विरोधमा युरोपेली देशहरु

एजेन्सी,१ वैशाख । अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको