दमक, साउन १७ /जेष्ठ नागरिक सम्मान प्रतिष्ठानको २३औं स्थापना दिवसको अवसरमा संस्थाका पूर्वपदाधिकारी तथा संस्थापकहरूलाई विशेष सम्मान गरिएको छ। प्रतिष्ठानले शनिवार दमकमा आयोजना गरेको समारोहमा संस्थाको प्रारम्भिक जग हाल्ने सातजना संस्थापक सदस्यलाई सम्मान गरेको हो ।
सम्मानित हुने संस्थापकहरूमा संस्थाका तत्कालीन सचिव सिताराम खतिवडा, सदस्यहरू खगेन्द्र प्रसाद भण्डारी, नारायण वनेम, बिभिषण शर्मा ९संगम०, धनपती बराल, केदारनाथ पराजुली र शान्तीराम ढकाल हुनुहुन्छ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाद पौडेलले संस्थाको स्थापनादेखि हालसम्मको योगदान र उपलब्धि उल्लेख गर्दै संस्थापकहरूको सक्रिय भूमिका र समर्पणप्रति आभार प्रकट गर्नुभयो। उहाँले जेष्ठ नागरिकप्रतिको कदर, सम्मान र सेवामा प्रतिष्ठान सदैव प्रतिबद्ध रहेको बताउनुभयो।
स्थानीय सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको कार्यक्रममा जेष्ठ नागरिकको हक, स्वास्थ्य, सुरक्षालगायत विषयमा पनि संक्षिप्त छलफल गरिएको थियो।










