नेपाल–बंगलादेश व्यापार

निर्यातमा उदासिनता, आयातमा उदारपन (तथ्यांकसहित)

२०८१/८२ मा पूर्वी नाका काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७२ करोड चार लाख १८ हजार बराबरको मालसामान आयात ,४२ करोड २४ लाख तीन हजार बराबरको मालसामान बङ्गलादेश निर्यात

दमक, १८ साउन / गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वी नाका काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७२ करोड चार लाख १८ हजार बराबरको मालसामान आयात भएको छ ।

 

 

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सबैभन्दा बढी रु दुई अर्ब ६५ करोड ८७ लाख ४५ हजार बराबरको अप्रशोधित जुट आयात भएको छ ।

 

 

यसैगरी रु ३७ करोड १६ लाखको आलु, २१ करोड २० लाखको पेपरका साथै ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, ग्लास, फुड एण्ड वेभरेजलगायत मालसामान आयात भएका उनले जानकारी दिनुभयो ।

 

 

पूर्वीनाका काँकरभिट्टाबाट गत आवमा रु ४२ करोड २४ लाख तीन हजार बराबरको मालसामान बङ्गलादेश निर्यात भएको कम्पनी प्रमुख पाण्डेयले बताउनु भयो । जसमध्ये मोलास्सेस (खुदो) मात्रै रु ३२ करोड ५६ लाख ७८ हजार बराबरको बङ्गलादेश निर्यात भएको हो ।

 

उहाँका अनुसार पूर्वी नाका काँकडभिट्टा हुँदै निर्यात हुने अन्य वस्तुमा जडीबुटी, डावर नेपाल प्रोडक्ट, अनिमल फिड, हाउसहोल्ड आर्टिकलस् लगायत रहेका छन् ।

 

यसले नेपाल र बंगलादेशको व्यापार आयातमा अग्रसर र निर्यातमा उदासिनको अवस्था देखाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढी प्रभावित रसुवा र नुवाकोटमा २० थान स्याटेलाइट फोन उपलब्ध

काठमाडौं , १४ भदौ। रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ । प्राधिकरणले

११ जलविद्युत् आयोजनाका ९७७ जना सम्पर्कविहीन, सुरुङमा फसेकाहरूको उद्धार तीव्र

काठमाडौं,१४ भदौ । जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको अझै उद्धार हुन नसकेपछि सकुशलको सम्भावना क्षीण हुँदै गएको छ । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको

बाढीबाट परिवार जोगाए, घर र २३ लाखको ऋणको बोझ बोकेर बसे सन्तमान

बेत्रावती , १४ भदौ।  भदौ १० गते बिहान ८ बजे बेत्रावतीका सन्तमान लामा आफ्ना छोरा र छोरीलाई विद्यालय पुर्‍याउन गए।दुई सन्तानलाई विद्यालय पुर्‍याउनु उनको दैनिकी

१९ हजार सुरक्षाकर्मी फिल्डमा खटिँदा पनि उद्धारमा ४ मुख्य चुनौती

काठमाडौं ,१४ भदौ। भोटेकोसी नदीमा आएको भीषण बाढीमा परेकाको उद्धार कार्य तीनवटै सुरक्षा निकायले तीव्रताका साथ जारी नै राखेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

अस्थायी चिहानमा शव १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा वस्ती

काठमाडौं , भदौ १४ । प्राकृतिक विपद्का बेला ठूलो संख्यामा मानिसको मृत्यु वा बेपत्ता हुँदा उद्धारसँगै मृतकको पहिचान र शव व्यवस्थापन अर्को ठूलो चुनौती बन्ने

नेपालीपन झल्किने डिजाइनमा हेलमेट उत्पादन गर्दै ‘कोहिनूर समूह’

काठमाडौं , भदौ १४ । दुई पाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने हेलमेट अधिकांश विदेशी बजारबाटै आयात हुन्छ । तर पछिल्लो समय केही