पञ्चायत र रेडस्टारको अपिल

पथरी शनिश्चरेका २ प्रतिभा भ्वाइस अफ किड्सको फाइनलमा

पथरी, १८ साउन /  पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ का दुई बाल प्रतिभा आदर्श धिताल र निश्चल लिम्बू चर्चित गायन रियालिटी शो द भ्वाइस अफ किड्स सिजन ४ को फाइनलमा प्रवेश गर्नुभएपछि स्थानीयमा उत्साह छाएको छ ।

 

 

पञ्चायत माध्यमिक विद्यालयमा अध्ययनरत आदर्श र रेड स्टार माविमा अध्ययनरत निश्चल आफ्नो उत्कृष्ट गायन क्षमताका कारण देशभरबाट छानिएका प्रतिष्पर्धीहरूमध्ये अन्तिम चरणसम्म पुग्न सफल बन्नु भएको छ । दुबैको जितको लागि स्थानीयले जिताउ अभियाननै सञ्चालनमा ल्याएका छन् ।

 

पञ्चायत माविले कक्षा ८ मा अध्ययनरत आदर्शको जितका लागि भोटिङ गर्न आव्हान गर्दै जितको शुभकामना दिएको छ । प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले आइतबार एक अपिल प्रकाशित गरी आदर्शमार्फत पथरी शनिश्चरेलाई राष्ट्रिय छवि निर्माणमा उभ्याउन नगरवासीलाई आव्हान गर्नुभएको छ ।

 

उता, रेडस्टार माविका प्रिन्सिपल टीएन तिम्सिनाले पनि कक्षा ५ मा अध्ययनरत निश्चलको जितका लागि भोट गर्न सबैमा अपिल गर्नुभएको छ ।
सो प्रतियोगिताको फाइनल चरणको प्रतिष्पर्धाका लागि साउन २४ गतेसम्म भोटिङ गर्ने अवधि तोकिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपद् व्यवस्थापन प्रभावकारी नभएको कांग्रेसको आरोप

काठमाडौं ,१५ भदौ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग

धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा

रसुवा बाढी प्रभावितका लागि कर्णालीका कांग्रेस–एमाले सांसदले ३ लाख ७५ हजार दिने निर्णय

सुर्खेत,१५ भदौ । रसुवाको बाढी प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले आर्थिक सहयोग गर्ने भएका छन्। दुवै दलको संसदीय

विनाशकारी बाढीको पीडा भारतसम्म , गण्डक नदीमा भेटिन थाले शव

रसुवा,१५ भदौ । पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक

५१ दिनपछि आंशिक खुल्यो मेची राजमार्गको माईखोला–राजदुवाली खण्ड

इलाम ,१५ भदौ। लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा

 बाढीपीडितलाई सफारी चालकको एक दिनको कमाइ

दमक,१५ भदौ ।विपद्को पीडामा परेकाहरूलाई सहयोग गर्न ठूलो रकम नै चाहिन्छ भन्ने छैन। आफ्नो श्रमबाट कमाएको एक दिनको आम्दानी पनि कसैका लागि ठूलो सहारा बन्न