पञ्चायत र रेडस्टारको अपिल

पथरी शनिश्चरेका २ प्रतिभा भ्वाइस अफ किड्सको फाइनलमा

पथरी, १८ साउन /  पथरी शनिश्चरे नगरपालिका वडा नम्बर १ का दुई बाल प्रतिभा आदर्श धिताल र निश्चल लिम्बू चर्चित गायन रियालिटी शो द भ्वाइस अफ किड्स सिजन ४ को फाइनलमा प्रवेश गर्नुभएपछि स्थानीयमा उत्साह छाएको छ ।

 

 

पञ्चायत माध्यमिक विद्यालयमा अध्ययनरत आदर्श र रेड स्टार माविमा अध्ययनरत निश्चल आफ्नो उत्कृष्ट गायन क्षमताका कारण देशभरबाट छानिएका प्रतिष्पर्धीहरूमध्ये अन्तिम चरणसम्म पुग्न सफल बन्नु भएको छ । दुबैको जितको लागि स्थानीयले जिताउ अभियाननै सञ्चालनमा ल्याएका छन् ।

 

पञ्चायत माविले कक्षा ८ मा अध्ययनरत आदर्शको जितका लागि भोटिङ गर्न आव्हान गर्दै जितको शुभकामना दिएको छ । प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले आइतबार एक अपिल प्रकाशित गरी आदर्शमार्फत पथरी शनिश्चरेलाई राष्ट्रिय छवि निर्माणमा उभ्याउन नगरवासीलाई आव्हान गर्नुभएको छ ।

 

उता, रेडस्टार माविका प्रिन्सिपल टीएन तिम्सिनाले पनि कक्षा ५ मा अध्ययनरत निश्चलको जितका लागि भोट गर्न सबैमा अपिल गर्नुभएको छ ।
सो प्रतियोगिताको फाइनल चरणको प्रतिष्पर्धाका लागि साउन २४ गतेसम्म भोटिङ गर्ने अवधि तोकिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

3 500 + 500 Freispiele

BearbeitungszeitPromotionZahlungsmethodenTypLizenzZahlungsmethodenEinzahlungsbonusKontaktieren Sie jokertipp offizielle Homepage uns! EinzahlungenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! ZahlungsmethodenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! Dabei wird immer um Chips gespielt, eine wertfreie Spielwährung, die nur bei den kostenlosen Automatenspielen

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३