लखनउ, १८ साउन । उत्तर प्रदेशको गोंडामा तीव्र गतिमा गुडिरहेको बोलेरो अनियन्त्रित भई सरयु नदीमा खस्दा ११ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
बोलेरोमा यात्रारत १५ जना रहेकामा ४ जनालाई सिसा फुटाएर उद्धार गरिएको थियो । मृत्यु हुनेमा ९ जना एउटै परिवारका रहेका छन । मृतकमा ६ महिला, २ पुरुष र ३ बालबालिका रहेका छन्।
दुर्घटनामा पर्ने सबै व्यक्तिहरू मोतीगंज सिहागांव पृथ्वीनाथ मन्दिरमा जलाभिषेक गर्न जाँदै थिए । अचानक वर्षाका कारण तिब्र गतिमा कुडिरहेक बोलेरो अनियन्त्रित भई सरयु नदीमा खसेको भारतीय प्रहरीले जनाएको छ ।









