दमक, २० साउन । अहिले देशभर मनसुन सक्रिय बन्दै गएको छ। निरन्तरको वर्षाले पूर्वी तराईका धेरै स्थानहरू उच्च जोखिममा छन्।
यस्तै जोखिमको सधैंको चपेटामा पर्ने झापाको गौरीगञ्ज गाउँपालिका, जहाँ हरेक वर्ष रतुवा र कन्काई जस्ता नदीहरूले ठूलो क्षति पुर्याउँछन्। कतिपय बस्ती त डुबानका कारण स्थानान्तरण गर्नुपर्ने अवस्था पनि बिगतदेखि देखिंदै आएको छ।
यती मात्रै नभएर यहाँ अन्य स–साना नदि तथा खोला खोल्सीको जोखिम पनि उत्तीकै छ । तर यी सबैबाट हुन सक्ने जोखिमको सामना गर्न गाउँपालिका तयार रहेको उपाध्यक्ष पुजन न्यौपाने कुँवर बताउनु हुन्छ ।
रेडियो किङ एफ एमको दैनिक प्रस्तुती कार्यक्रम सत्य संवादमा संवाद गर्दै उहाँले भन्नु भयो ‘यो पटक हामीले अघील्ला वर्षहरु भन्दा नदि नियन्त्रणको काम केहि हद भएपनि देखिने गरि र छेकिने गरि गरेका छौ ।
स्थाई तटबन्ध निर्माणको काम संघीय सरकार अन्तर्गत भइरहेको भने अस्थाई बाँध बाँध्ने काममा हामी आफै लागी परेका छौ ।’ उहाँले भन्नु भयो ‘यो पटक सके सम्म कुनैपनि बस्ती डुबानका कारण स्थानान्तरण गर्नु नपरोस भन्ने हो यदी गर्नै पर्यो भने हामीले त्यसरी स्थानान्तरण गर्नुपर्ने गाउँका बासिन्दालाई राख्नकालागी सुरक्षीत सेल्टर हाउस पनि बनाइनै रहेका छौ ।’
राहत तथा उद्धारकालागी पर्याप्त बजेट बिनियोजन गरिएको र अन्य सामाजीक संघ सस्थाहरुसग पनि समन्वय गरिरहेकोले यसलाई थप व्यवस्थीत गर्ने काममा समेत ध्यान दिइएको उहाँले उल्लेख गर्नु भएको छ ।
उहाँसगको संवाद सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।
https://www.facebook.com/share/v/1FCWV9m6GK/









