विपन्न विद्यार्थीलाई राहत

गौरीगञ्जमा मुख्यमन्त्रीद्वारा साइकल वितरण

गौरीगञ्ज क्याम्पस सहित त्यस क्षेत्रका चारवटा विद्यालयका २० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो।

विराटनगर, २० साउन ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको गौरीगञ्जमा गरिब तथा जेहनदार विद्यार्थीहरूलाई साइकल वितरण गर्नुभएको छ।

 

आज झापाको गौरीगञ्ज क्याम्पसमा आयोजित एक कार्यक्रमका बीच साइकल वितरण गर्नुभएको हो। गौरीगञ्ज क्याम्पस सहित त्यस क्षेत्रका चारवटा विद्यालयका २० जना विद्यार्थीहरुलाई साइकल वितरण गरिएको हो।

 

सामाजिक संस्था आलरेस दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा विद्यार्थीहरूलाई साइकल वितरण गरिएको हो। संस्थाको सहयोगमा मोरङको सुनबर्सी ६ मा रहेको गजादर माविमा पनि आजै मुख्यमन्त्री कार्कीले १० जना विद्यार्थीलाई साइकल वितरण गर्नुभयो।

 

सो कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म शिक्षा क्षेत्रमा काम गरिरहेको बताउनुभयो। उहाँले प्रदेश सरकारको स्रोत थोरै भएपनि केही न केही विद्यालय र सामुदायिक क्याम्पसहरूमा सहयोग गरेर काम गरिरहेको बताउनुभयो।

 

 

 

उहाँले भन्नुभयो’ प्रदेशको सामर्थ्यले भ्याएसम्म गरिब तथा विपन्न वर्गका बालबालिकाका लागि प्रदेश सरकारले काम गरिरहेको छ।, मुख्यमन्त्री कार्की आज उहाँको निर्वाचन क्षेत्रमा विभिन्न कार्यक्रममा सहभागी हुनको लागि गौरीगञ्ज पुग्नुभएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ