बालबालिकाको स्वास्थ्यप्रति चासो

अर्किड एकेडेमीमा स्वास्थ्य शिबिर, ४७५ जनाले गराए दन्त परीक्षण (भिडियो )

शिविरमा २५० जना विद्यार्थी, २०० जना अभिभावक र २५ जना शिक्षक तथा कर्मचारीले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए।

दमक, २१ साउन । दमकस्थित अर्किड एकेडेमीले बालबालिकाको बढ्दो दन्त समस्या र अभिभावकहरूको स्वास्थ्यप्रतिको चासोलाई मध्यनजर गर्दै एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

विद्यालयको आयोजनामा तथा ओम शान्ति डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा ४७५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा २५० जना विद्यार्थी, २०० जना अभिभावक र २५ जना शिक्षक तथा कर्मचारीले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए। परीक्षणमा दाँतको सघन जाँच, नाक, कान, घाँटीको प्रारम्भिक परीक्षण, र मुख स्वास्थ्यसम्बन्धी सचेतनाका कार्यक्रम गरिएको थियो ।

शिविरमा ओम शान्ति डेन्टल डेण्टलकोे पाँच सदस्यीय चिकित्सक टोली सहभागी थियो। प्रत्येक बिरामीको विवरण फारममा संकलन गरी अभिभावकलाई रिपोर्ट कार्ड प्रदान गरिएको थियो। परीक्षणमा देखिएका समस्या अनुसार प्राथमिक सुझाव, र आवश्यक भएमा थप उपचारको सल्लाह समेत दिइएको थियो ।

एकेडेमीका पिन्सिपल लक्ष्मी नेपालले विद्यालयले विद्यार्थी र अभिभावक समुदायको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त स्वास्थ्य शिविर आयोजना गरेको र यस्ता कार्यक्रमले अभिभावक तथा विद्यार्थी दुबैमा स्वास्थ्यप्रतिको जागरूकता बढाउने बताए। उनले आगामी दिनमा अन्य स्वास्थ्य क्षेत्रहरूलाई समेत समेट्ने योजना रहेको जानकारी दिनुभयो ।

ओम शान्ति डेण्टल हस्पिटलकी डा. कास्मी श्रेष्ठले बालबालिकामा मुख सफाइको सही तरिका सिकाउनुलाई प्राथमिकता दिइएको बताउँदै धेरै बालबालिकामा देखिएका सामान्य दन्त समस्याहरू नियमित सरसफाइबाट सुधार गर्न सकिने बताउनुभयो ।

 

ओम शान्ति डेन्टल हस्पिटल र अर्किड एकेडेमीको संयुक्त प्रयासले सम्पन्न उक्त स्वास्थ्य शिविरले विद्यालय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। विद्यालयले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा गुडिरहेको बुलेट मोटरसाइकलमा आगलागी, चालक सकुशल

दमक,१ वैशाख । मिति २०८३ साल वैशाख १ गते दिउँसो १२ः४५ बजे दमक नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गमा गुडिरहेको मोटरसाइकलमा अचानक आगलागी भएको छ। प्रहरीका अनुसार

घुम्ने होइन त बाजुराका उत्कृष्ट पर्यटकीय गन्तव्यहरु ?

बाजुरा,१ वैशाख । नयाँ बर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ उत्साह र उमंगका साथ नयाँ बर्ष मनाइँदैछ । नयाँ बर्षका अवसरमा भेटघाट र घुमघाम

नयाँ वर्षमा पूर्व प्रधानमन्त्री कार्कीको शुभकामना

काठमाडौं,१ वैशाख। निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना दिनु भएको छ । मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी

बजारमा कति बढ्यो अण्डाको मूल्य?

चितवन, १ बैशाख । अण्डाको उत्पादनमा आएको कमी र बजारमा माग बढेपछि अण्डाको मूल्य पुनः वृद्धि भएको छ । लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार

अमेरिकी नाकाबन्दी निर्णयको विरोधमा युरोपेली देशहरु

एजेन्सी,१ वैशाख । अधिकांश युरोपेली देशहरूले इरानी समुद्री यातायातमा नाकाबन्दी लगाउने अमेरिकी निर्णयको विपक्षमा देखिएका छन् । ति देशहरुले कूटनीतिक समाधानमा जोड दिँदै र हर्मुजको