बालबालिकाको स्वास्थ्यप्रति चासो

अर्किड एकेडेमीमा स्वास्थ्य शिबिर, ४७५ जनाले गराए दन्त परीक्षण (भिडियो )

शिविरमा २५० जना विद्यार्थी, २०० जना अभिभावक र २५ जना शिक्षक तथा कर्मचारीले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए।

दमक, २१ साउन । दमकस्थित अर्किड एकेडेमीले बालबालिकाको बढ्दो दन्त समस्या र अभिभावकहरूको स्वास्थ्यप्रतिको चासोलाई मध्यनजर गर्दै एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

विद्यालयको आयोजनामा तथा ओम शान्ति डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा ४७५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा २५० जना विद्यार्थी, २०० जना अभिभावक र २५ जना शिक्षक तथा कर्मचारीले आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए। परीक्षणमा दाँतको सघन जाँच, नाक, कान, घाँटीको प्रारम्भिक परीक्षण, र मुख स्वास्थ्यसम्बन्धी सचेतनाका कार्यक्रम गरिएको थियो ।

शिविरमा ओम शान्ति डेन्टल डेण्टलकोे पाँच सदस्यीय चिकित्सक टोली सहभागी थियो। प्रत्येक बिरामीको विवरण फारममा संकलन गरी अभिभावकलाई रिपोर्ट कार्ड प्रदान गरिएको थियो। परीक्षणमा देखिएका समस्या अनुसार प्राथमिक सुझाव, र आवश्यक भएमा थप उपचारको सल्लाह समेत दिइएको थियो ।

एकेडेमीका पिन्सिपल लक्ष्मी नेपालले विद्यालयले विद्यार्थी र अभिभावक समुदायको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्त स्वास्थ्य शिविर आयोजना गरेको र यस्ता कार्यक्रमले अभिभावक तथा विद्यार्थी दुबैमा स्वास्थ्यप्रतिको जागरूकता बढाउने बताए। उनले आगामी दिनमा अन्य स्वास्थ्य क्षेत्रहरूलाई समेत समेट्ने योजना रहेको जानकारी दिनुभयो ।

ओम शान्ति डेण्टल हस्पिटलकी डा. कास्मी श्रेष्ठले बालबालिकामा मुख सफाइको सही तरिका सिकाउनुलाई प्राथमिकता दिइएको बताउँदै धेरै बालबालिकामा देखिएका सामान्य दन्त समस्याहरू नियमित सरसफाइबाट सुधार गर्न सकिने बताउनुभयो ।

 

ओम शान्ति डेन्टल हस्पिटल र अर्किड एकेडेमीको संयुक्त प्रयासले सम्पन्न उक्त स्वास्थ्य शिविरले विद्यालय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ। विद्यालयले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

3 500 + 500 Freispiele

BearbeitungszeitPromotionZahlungsmethodenTypLizenzZahlungsmethodenEinzahlungsbonusKontaktieren Sie jokertipp offizielle Homepage uns! EinzahlungenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! ZahlungsmethodenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! Dabei wird immer um Chips gespielt, eine wertfreie Spielwährung, die nur bei den kostenlosen Automatenspielen

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३