विपद् जाेखिम न्युनीकरणा पूर्वतयारी

झापामा निरन्तर वर्षा : जोखिम सामना गर्ने पूर्वतयारी कस्तो छ ?

खासगरी कन्काई, माई, सताक्षी, लगायत अन्य खहरे खोलाहरुका कारण जोखिम बढिरहेको छ ।

 

दमक, २१ साउन । झापामा  यतीबेला झापाका अधिकांश गएराती देखीनै अवरिल पानी परिरहेको छ । निरन्तर पानी परेका कारण खोला तथा नदिहरुका बहाव पनि बढेको छ । जिल्लामा रहेका रतुवा, कन्काई, मेचि तथा निन्दा लगायत नदिहरुमा सरदर भन्दा आज बिहान पानीको बहाव बढेको हो ।

इलाम , पाँचथर तथा पहाडी क्षेत्रमा समेत निरन्तर वर्षा भइहरकोले समेत नदिहरुमा बाढिको जोखिम बढेको नेपाल रेडक्रस सोसाईटि झापाले जनाएको छ ।

रेडक्रसका अनुसार झापाका दक्षीण र उत्तर तर्फका अर्जुनधारा र बुद्धशान्त्तीमा पनि यो पटक बाढि, डुबान र कटानका जोखिम बढेका छन् ।

नदि तटीय क्षेत्रमा सुरक्षीत भएर बस्न यस अघीनै पटक पटक सुचना जारी समेत गरिएको जिल्ला प्रशाषन कार्यालय झापाले जनाएको छ ।

शिक्षसताक्षीको विपद् सामना गर्न पूर्वतयारी

यही सन्दर्भमा जिल्लाको शिवसताक्षी नगरपालिकाले यस वर्षको विप्वत्तसग जुँध्न बिभिन्न कार्ययोजना बनाएको छ ।नगरकी उप प्रमुख नरमाया कार्कीले नगरको जोखिम क्षेत्रको पहिचान, त्यहाँ अपनाउनु पर्ने सुरक्षाको प्रबन्ध र आवश्यक तयारी सबै तयारी अवस्थामा रहेको बताउनु भएको छ ।

 

रेडियो किङ एफएमको दैनिक प्रस्तुती कार्यक्रम सत्य संवादमा कुरा गर्दै उप प्रमुख कार्कीले भन्नु भयो यहाँ नदिहरु खासगरी कन्काई, माई, सताक्षी, लगायत अन्य खहरे खोलाहरुका कारण जोखिम बढिरहेको छ । हामी सके सम्म कम क्षीत हुने र बस्तीलाई सुरक्षीत राख्ने तयारी अवस्थामा छौ । ’

 

नदि नियन्त्रणको काम निरन्तर चलीरहेको र स्थानीय श्रोत साधन तथा बजेटको प्रयोगले अस्थाई बाँध बाँधेर भएपनि नागरिकको जनधनको क्षती न्यूनिकरण गर्न कार्ययोजना बनाएर तयारी अवस्थामा रहेको उहाँले सुनाउनुभयो ।

उहाँसगको संवाद सुन्न तलको लिंकमा क्लिक गर्नुहोला ।

https://www.facebook.com/share/v/161qmJdKKT/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ