दमक,२१ साउन । बुधबार कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
अहिले पनि मधेश प्रदेशका एक÷दुई ठाउँमा तथा बाँकी प्रदेशका थोरै ठाउँमा मध्ययम वर्षा भइरहेको छ । गएराति पनि कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो ।
बुधबार कोशीका एक÷दुई ठाउँ र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।
बुधबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भागका केही ठाउँमा तथा बाँकी भागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
बुधबार राति देशभर साधरणतया मौसम बदली रहनेछ । राति कोशी र मधेश प्रदेशका केही ठाउँमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा तथा बाँकी प्रदेशका एक÷दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
ठूलो वर्षाको सम्भावना रहेका ठाउँमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।







