दमक, २१ साउन । जंगली हात्तीले भद्रपुरमा घर भत्काएर क्षति गरेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान ८ः२० बजे भद्रपुर ४ साम्पाङ बस्ने आशबहादुर लिम्बुको ईटा र सिमेन्टले बनेको माथि जस्ताको छानो भएको एकतले घरमा एउटा जंगली हात्ती आई घरको दक्षिणपट्टिको पर्खाल भत्काएको छ ।
त्योसंगै कोठाभित्र रहेको ६ मन धान खाएर नष्ट गर्दा अन्दाजी १७ हजार बराबरको क्षति भएको प्रहरीले बताएको छ ।







