भोजपुर,२१ साउन । अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका छन् ।
भोजपुरमा धान पछिको दोस्रो प्रमुख खाद्य बालीको रुपमा मकै बालीलाई लिने गरिन्छ । हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले उत्पादन घट्दै रहेको किसानहरुको भनाइ छ ।
जिल्लाको नौवटै स्थानीय तहमा मकैखेती हुने गरेको छ ।







