सुरुङ्गामा ग्यास लिक भएर आगलागी

दमक, २२ साउन । झापाको कन्काई नगरपालिका– ३ सुरुङ्गामा बिहिबार बिहान ग्यास लिक भएर आगलागी भएको छ ।

आगलागीबाट दुई लाख बराबरको धनमाल क्षति भएको छ भने ८१ वर्षीया एक वृद्धा घाइते भएकी छन् । बिहान अन्दाजी ७ः१५ बजे ताप्लेजुङ घर भई हाल कन्काई वडा नम्बर ३ सुरुङ्गा बस्ने ध्रुव श्रेष्ठको तीनतले घरको दोस्रो तलामा एउटा कोठामा डेरा गरी बस्ने ८१ वर्षीया बाटुलीमाया दाहालले खाना पकाउने क्रममा अचानक ग्यास सिलिण्डर लिक भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट उनको शरीरको बिभिन्न भाग डढेको छ । उनलाई कनकाई नगर अस्पताल सुरुङ्गामा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उक्त कोठामा आगलागी हुँदा कोठाभित्र रहेका दुईवटा लो–बेड, एउटा काठ दराज, किचन र्याक, लताकपडा, अन्नपातलगायत अन्य सरसामान जलेर पूर्णरुपमा नष्ट हुँदा अन्दाजी २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी नायव निरीक्षक सुबास ढुंगानाको कमाण्डमा टोली खटिएर स्थानीय र दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

3 500 + 500 Freispiele

BearbeitungszeitPromotionZahlungsmethodenTypLizenzZahlungsmethodenEinzahlungsbonusKontaktieren Sie jokertipp offizielle Homepage uns! EinzahlungenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! ZahlungsmethodenJackpotEinzahlungsbonusWillkommensbonusJetzt einzahlen! Dabei wird immer um Chips gespielt, eine wertfreie Spielwährung, die nur bei den kostenlosen Automatenspielen

गैरआवासीय नेपाली नागरिकता छिट्टै व्यवहारमा ल्याउने सरकारको प्रतिबद्धता

काठमाडौं ,९ कार्तीक। परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याउनु भएको छ

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु

काठमाडौं,९ कार्तीक । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि काठमाडौं स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा साविक

एनपिएलको तेस्रो संस्करण आजदेखि , मन्त्री गौतमद्वारा शुभकामना

काठमाडौं,९ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपाल प्रिमियर लिग (एनपिएल)तेस्रो संस्करणसँगै नेपाली क्रिकेटको उत्साहले नयाँ उचाइ लिएको बताउनु भएको छ

डीडीसीको कालो धुलोले विराटनगरमा सास्ती

विराटनगर,९ कार्तीक । दुग्ध विकास संस्थान (डीडीसी) को विराटनगर दुग्ध वितरण आयोजनाबाट निस्कने कालो धुलो र मसिना कणका कारण आसपासका बस्तीको जनजीवन कष्टकर बनेको छ।

पथरी शनिश्चरेबाट तीन दिनदेखि दुई किशोरी बेपत्ता

मोरङ,९ कार्तीक । मोरङको पथरी शनिश्चरे नगरपालिकाका दुई किशोरी तीन दिनदेखि सम्पर्कविहीन हुनु भएको छ ।शनिबार सालबारीमा फोटो खिच्न जाने भन्दै घरबाट निस्किनु भएकी १३