Search
Close this search box.
"२४ वर्षपछि पक्राउ"

बलात्कार मुद्दाका प्रतिवादी २४ वर्षपछि पक्राउ

 

 

 

बलात्कार आरोपमा ५ वर्ष कैद सजाय तोकिएका प्रतिवादीलाई प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले २४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको मकालु गाउँपालिका–१ घर भएका ४० वर्षीय मिङ्तेम्वा शेर्पा छन् ।

शेर्पाले २०५४ पुस १८ मा  मकालु गाउँपालिका–१ मा घर फर्कंदै गरेकी महिलालाई चत्चेक चोकमा भेटेर मारिदिने धम्की दिएर बलात्कार गरेको आरोप छ । संखुवासभा जिल्ला अदालतले उनलाई २०६१ चैतमा ५ वर्ष कैद र पीडितलाई आधा अंश भराइदिने फैसला गरेको थियो । फागुन २ मा मिङ्तेम्बालाई काठमाडौंको इचङ्गु नारायणबाट पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp