दमक, साउन २२ /दमक नगरपालिकाले हालै बजार अनुगमन गरेको छ। बजारमा पाइने खाद्यान्नको गुणस्तर, मूल्य र म्याद जाँचका लागि गरिएको अनुगमनप्रति स्थानीय व्यवसायीहरूको मिश्रित प्रतिक्रिया देखिएको छ।
दमकको विभिन्न पसलहरूमा गरिएको अनुगमन अभियानले अखाद्य वस्तुहरू समेत भेटिएको नगरपालिकाले जनाएको छ। तर व्यवसायीहरू भने यो अनुगमन मौसमी र ब्याबसायीहरुप्रति लक्षित भएको गुनासो गरेको छन् । मुख्य बजारमा क्षेत्रमा बिगत ३० बर्षदेखि मिठाई पसल गर्दै आउनुभएका ब्याबसायी बिमल शर्मा अनुगमन हुनु राम्रो रहेको रयसले गर्दा ब्याबसायिहरु पनि सचेत बन्न सहयोग पु¥याउने बताउनुहुन्छ । तर त्यसले दोषी देखाउने शैली नभई सुधारका उपाय देखाउने शैलीमा हुनुपर्ने उहाको तर्क छ ।
दमक ६ थानालाईनमा बिगत १५ बर्षदेखि होमियो क्षेत्रमा काम गर्दै आउनुभएका ब्याबसायी लेखनाथ न्यौपाने बजारमा हरेक क्षत्रका ब्याबसायीहरुबाट चाहि उपभोक्तहरु ठगिने क्रम बढिरहेकोमा उपभमेक्तालाई केहि राहत पुग्ने धारणा राख्नुहुन्छ ।
दमक उद्योग वाणिज्य संघका अध्यक्षले उपभोक्ताहरू आफैं पनि सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले अनुगमनमा संघको समेत सहभागिता रहेको र नगरपालिकाले संघको सुझावलाई कार्यान्वयनमा ल्याएको दाबी गर्नुभयो।
दमक नगरपालिकाकी खाद्य अधिकृत लक्ष्मी न्योपाने दमक नगरपालिका र खाद्य बिभागले नियमित रुपमै अनुगमन गरेको बताउनुहुन्छ । बिभागले जनचेतनाका लागि ब्याबसायीहरुलाई तालिम पनि दिएको उहा बताउनुहुन्छ ।
उपभोक्ता अधिकारको रक्षा गर्ने नाममा गरिने अनुगमन अभियानले सार्थकता पाउन व्यवसायी, उपभोक्ता र स्थानीय सरकार तीनै पक्षको सहकार्य अपरिहार्य देखिन्छ।










