सप्तरी,२३ साउन । प्रहरीले सप्तरीबाट चार क्विन्टल गाँजा बरामद गरेको बताएको छ।
सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले गएराति ३ सय ९७ केजी गाँजा बरामद गरेको हो।
बेवारिसे अवस्थामा डाक्नेश्वरी नगरपालिका–५ महादेवा पोखैर नहरको झाडीबाट गाँजा बरामद गरिएको प्रहरीले बताएको छ।
सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सिंह धामीको कमाण्डमा खटिएको सुरक्षा फौजले १७ वटा पोकामा रहेको गाँजा बरामद गरेको हो।
त्यसैगरि बाराको पचारौता नगरपालिका–९ बलढुसुवाको भित्री सडकखण्डबाट पनि प्रहरीले ३२ किलो गाँजा बरामद गरेको जनाएको छ।
साइकलमा लोड गरी बेवारिसे अवस्थामा राखेको ४ प्याकेट गाँजा सशस्त्र प्रहरी बल सुरक्षा बेश तेलकुवाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय कुमार यादवको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो।










