नेपाल बन्दको आह्वान

एमसीसी टेबल गर्ने तयारी गरिएको भन्दै सडकमा बिरोध

1644986999_mcc protest

 

 

काठमाडौं– प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल गर्ने तयारी गरिएको गरिएको भन्दै विरोध भइरहेको छ।
विभिन्न ६ वामपन्थी दलले एमसीसी पास गर्न लागेको भन्दै नेपाल बन्दको आह्वान गरेका छन्। तर, बन्दको प्रभाव भने खासै परेको देखिएको छैन।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकको सम्भावित‍ कार्यसूचीमा एमसीसी समावेश नभएको भएपनि सरकारले एमसीसी टेबल गर्ने तयारी गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका जनवर्गीय संगठनले आन्दोलन घोषणा गरेका छन्।

सत्तामा रहेको माओवादी केन्द्रको निकटको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) र युवा दस्ता वाइसियलले ‘यथास्थितिमा एमसिसी टेबल गर्ने कदमविरुद्ध’ संसद भवन बानेश्वर घेराउ गर्ने कार्यक्रम रहेको छ।

बिहान ११ बजे बानेश्वरस्थित एभरेस्ट होटल अगाडि भेला भएर संसद भवनसम्म प्रदर्शन गर्ने कार्यक्रम रहेको अनेरास्ववियुले जनाएको छ। त्यस्तै सत्तारुढ अर्को दल एकीकृत समाजवादी निकटको विद्यार्थी संगठन अनेरास्ववियूले पनि एमसीसीविरुद्ध आन्दोलनको कार्यक्रम राखेको छ। उसले संसद भवन घेराउ गर्दैछ।

 

त्यस्तै अन्य राजनीतिक दल र विभिन्न समूहहरुले समेत एमसीसीविरुद्ध माइतीघरबाट बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको