भद्रपुर हाफ म्याराथन: करुण र पुष्पा च्याम्पियन घोषित

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रे हुनेलाई १० हजार नगदसहित शिल्ड र प्रमाणपत्रका साथै सान्त्वना पुरस्कारस्वरूप ५ हजार रूपैयाँ प्रदान गरिन्छ ।

भद्रपुर, २७ साउन  । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर भद्रपुरमा आयोजित हाफ म्याराथनमा पुरुषतर्फ नेपाल आर्मीका धावक करुण रावल  र महिलातर्फ पाँचथरकी पुष्पा शेर्मा लिम्बू विजयी बनेका छन्।

 

पुरुषतर्फको प्रतिस्पर्धामा करुण रावलले १ घण्टा ८ मिनेटमा १९ किलोमिटर दुरी पार गर्दै उपाधि रक्षा गरेका हुन्। उनले अघिल्लो वर्ष पनि सो उपाधि जितेका थिए। रावललाई पछ्याउँदै नेपाल आर्मीका नै धनु मानन्धर दोस्रो स्थानमा रहे भने दमकका सरोज सिंह तेस्रो भए। दमककै सागर लिम्बूले सान्त्वना पुरस्कारमा चित्त बुझाए।

 

महिलातर्फ, पुष्पा शेर्मा लिम्बूले ५४ मिनेट ४७ सेकेन्डमा १३ किलोमिटर दुरी पार गर्दै उपाधि जितिन्। दमककी याविका देवान दोस्रो स्थानमा रहिन् भने भद्रपुरकी विन्दा राई तेस्रो भइन्। रीता मुर्मुले सान्त्वना पुरस्कार प्राप्त गरिन्।

 

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार, तेस्रे हुनेलाई १० हजार नगदसहित शिल्ड र प्रमाणपत्रका साथै सान्त्वना पुरस्कारस्वरूप ५ हजार रूपैयाँ प्रदान गरिन्छ ।

 

भद्रपुर नगरपालिका युवा परिषदको आयोजनामा भएको यो दौड प्रतियोगिता चन्द्रगढबाट सुरु भई किच्चकवधसम्मको मार्गमा सम्पन्न भएको हो। यस दौडको उद्देश्य भद्रपुरका पर्यटकीय स्थलहरूको प्रवर्धन गर्नु रहेको आयोजकले जनाएका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका