पत्रकारितामा उत्कृष्टता

पत्रकार रमा दाहाललाई लेखनवृत्ति प्रदान गरिने

बाह्रदशी गाउँपालिकामा मुस्लिम र मधेशी समुदायका महिलाहरू न्यायमा पहुँच नपाएको विषयलाई प्राथमिकताका साथ उजागर गरेको समाचारलाई छनोट

बिर्तामोड | २७ साउन | पत्रकारिता क्षेत्रमा निष्पक्ष र सामाजिक न्यायको आवाज बनेर अघि बढ्ने पत्रकारहरूलाई सम्मान गर्ने कार्य झापामा निरन्तर चलिरहेको छ।

यहि क्रममा प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति आगामी साउन ३० गते पत्रकार रमा दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रेस चौतारी झापाको मंगलबार बसेको बैठकले पत्रकार दाहाललाई उत्कृष्ट समाचार लेखनको लागि लेखनवृत्ति प्रदान गर्ने प्रस्तावलाई अनुमोदन गरेको उपाध्यक्ष राजु पोखरेलले जानकारी दिनुभयो ।

कान्तिपुर टिभिमा दाहालले छ महिना अघि प्रकाशित तथा प्रशारित दर्जनौं समाचारमध्ये विशेष गरी बाह्रदशी गाउँपालिकामा मुस्लिम र मधेशी समुदायका महिलाहरू न्यायमा पहुँच नपाएको विषयलाई प्राथमिकताका साथ उजागर गरेको समाचारलाई छनोट गरिएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिनुभयो ।

 

लेखनवृत्ति छनोटका लागि अध्यक्ष परियारको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो, जसमा फाँट इञ्चार्ज मनकुमार गदाल र सचिव युवराज आचार्य सदस्य थिए। समितिले विभिन्न उत्कृष्ट समाचार संकलन गरी पत्रकार दाहाललाई यस वर्षको लेखनवृत्ति प्राप्तकर्ता सिफारिस गरेको थियो।

 

प्रेस चौतारी झापाले हरेक ६ महिनामा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको नाममा स्थापित यो सम्मान प्रदान गर्ने परम्परा निरन्तरता दिने निर्णय गरेको छ।

 

साउन ३० गते हुने कार्यक्रममा पत्रकार दाहाललाई लेखनवृत्ति प्रदान गरिने साथै नारी सञ्चार गृह झापामा निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन र तीज मिलन कार्यक्रम पनि आयोजना गरिने प्रेस चौतारी झापाले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपद् व्यवस्थापन प्रभावकारी नभएको कांग्रेसको आरोप

काठमाडौं ,१५ भदौ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप

धनगढी उपमहानगरपालिकाद्वारा बाढी प्रभावितलाई ४१ लाख रुपैयाँ आर्थिक सहयोग

धनगढी ,१५ भदौ ।धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा

रसुवा बाढी प्रभावितका लागि कर्णालीका कांग्रेस–एमाले सांसदले ३ लाख ७५ हजार दिने निर्णय

सुर्खेत,१५ भदौ । रसुवाको बाढी प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कांग्रेस र नेकपा एमालेका सांसदले आर्थिक सहयोग गर्ने भएका छन्। दुवै दलको संसदीय

विनाशकारी बाढीको पीडा भारतसम्म , गण्डक नदीमा भेटिन थाले शव

रसुवा,१५ भदौ । पाँच दिनअघि रसुवामा आएको विनाशकारी बाढीको पीडा भारतसम्म पुगेको छ । भीषण बाढीले बगाएर बेपत्ता भएका मानिसमध्ये केही जनाको शव भारततर्फको गण्डक

५१ दिनपछि आंशिक खुल्यो मेची राजमार्गको माईखोला–राजदुवाली खण्ड

इलाम ,१५ भदौ। लामो समयदेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत इलामको माइखोला–राजदुवाली सडकखण्ड सोमबार बिहानदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय इलामले पहिलो चरणमा साना तथा

 बाढीपीडितलाई सफारी चालकको एक दिनको कमाइ

दमक,१५ भदौ ।विपद्को पीडामा परेकाहरूलाई सहयोग गर्न ठूलो रकम नै चाहिन्छ भन्ने छैन। आफ्नो श्रमबाट कमाएको एक दिनको आम्दानी पनि कसैका लागि ठूलो सहारा बन्न