पत्रकारितामा उत्कृष्टता

पत्रकार रमा दाहाललाई लेखनवृत्ति प्रदान गरिने

बाह्रदशी गाउँपालिकामा मुस्लिम र मधेशी समुदायका महिलाहरू न्यायमा पहुँच नपाएको विषयलाई प्राथमिकताका साथ उजागर गरेको समाचारलाई छनोट

बिर्तामोड | २७ साउन | पत्रकारिता क्षेत्रमा निष्पक्ष र सामाजिक न्यायको आवाज बनेर अघि बढ्ने पत्रकारहरूलाई सम्मान गर्ने कार्य झापामा निरन्तर चलिरहेको छ।

यहि क्रममा प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति आगामी साउन ३० गते पत्रकार रमा दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ।

प्रेस चौतारी झापाको मंगलबार बसेको बैठकले पत्रकार दाहाललाई उत्कृष्ट समाचार लेखनको लागि लेखनवृत्ति प्रदान गर्ने प्रस्तावलाई अनुमोदन गरेको उपाध्यक्ष राजु पोखरेलले जानकारी दिनुभयो ।

कान्तिपुर टिभिमा दाहालले छ महिना अघि प्रकाशित तथा प्रशारित दर्जनौं समाचारमध्ये विशेष गरी बाह्रदशी गाउँपालिकामा मुस्लिम र मधेशी समुदायका महिलाहरू न्यायमा पहुँच नपाएको विषयलाई प्राथमिकताका साथ उजागर गरेको समाचारलाई छनोट गरिएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिनुभयो ।

 

लेखनवृत्ति छनोटका लागि अध्यक्ष परियारको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो, जसमा फाँट इञ्चार्ज मनकुमार गदाल र सचिव युवराज आचार्य सदस्य थिए। समितिले विभिन्न उत्कृष्ट समाचार संकलन गरी पत्रकार दाहाललाई यस वर्षको लेखनवृत्ति प्राप्तकर्ता सिफारिस गरेको थियो।

 

प्रेस चौतारी झापाले हरेक ६ महिनामा उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको नाममा स्थापित यो सम्मान प्रदान गर्ने परम्परा निरन्तरता दिने निर्णय गरेको छ।

 

साउन ३० गते हुने कार्यक्रममा पत्रकार दाहाललाई लेखनवृत्ति प्रदान गरिने साथै नारी सञ्चार गृह झापामा निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन र तीज मिलन कार्यक्रम पनि आयोजना गरिने प्रेस चौतारी झापाले जनाएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि