दाँतको हेरचाह

बालबालीकाका दाँतमा जोखीम बढ्दै

बालबालिकामा दाँतको सफाइमा लापरबाही, किरा लाग्ने समस्या र नियमित परीक्षण नगर्ने प्रवृत्ति

दमक, २८ साउन ।   दमक १ स्थित भृकुटी माध्यमिक बिद्यालयमा अन्तराष्ट्रिय युवा दिवसको अबसरमा एक दिने निशुल्क दन्त शिबिर सम्पन्न भएको छ । दमक जेसिसको आयोजना र ओम शान्ति डेण्टलको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दाँतको परीक्षण गरिएको हो । शिबिरमा करिब ४ सय बिद्यार्थीहरुले जाच गराएका थिए ।

 

 

दातको परिक्षणका क्रममा बिद्यालयका अध्ययनरत बिद्यार्थीहरुमा दात सम्बन्धी समस्या देखा परेको शिबिरमा संलग्न चिकित्सकहरुले बताएका छन् । ओम शान्ति डेण्टलकी डेण्टल सर्जन सायरा ढकालका अनुसार विद्यालयका बालबालिकामा दाँतको सफाइमा लापरबाही, किरा लाग्ने समस्या र नियमित परीक्षण नगर्ने प्रवृत्ति देखिएको जानकारी दिनुभयो । यसको रोकथामका लागि नियमित जाँच गर्न सुझाब दिएको उहा बताउनुहुन्छ ।

 

विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद न्यौपानेका अनुसार विद्यालयमा चार–पाँच वर्षदेखि यस्ता शिविर आयोजना भएको थिएन। आर्थिक अभावका कारण अभिभावकले दन्त परीक्षणमा ध्यान दिन नसक्ने हुँदा सामाजिक संस्थाको सहयोगले ठुलो मद्दत पुगेको उहाको भनाइ छ।

 

शिविर संयोजक तथा दमक जेसिसकी सदस्य सरिता बराल जेसिसले निरन्तर समाजका विभिन्न क्षेत्रमा सेवा दिँदै आएको र अन्तर्राष्ट्रिय युवा दिवसमा सामुदायिक विद्यालयका बालबालिकालाई लक्षित गर्दै यो शिविर आयोजना गरिएको धारणा राख्नुहुन्छ ।

 

ओम शान्ति डेण्टल हस्पिटलका सञ्चालक कमल गैरेका अनुसार संस्थाले पछिल्लो समय दमक र आसपासका क्षेत्रमा विभिन्न संस्थासँगको सहकार्यमा यस्ता स्वास्थ्य शिविर गर्दै आएको छ। यस शिविरमा दन्त परीक्षणसँगै आवश्यक परामर्श र केहीलाई निःशुल्क उपचार सुविधा समेत उपलब्ध गराउने उहाले जानकारी गराउनुभयो ।

 

अन्तर्राष्ट्रिय युवा दिवसको सन्देशसहित सम्पन्न दन्त शिविरले आर्थिक अभावका कारण नियमित परीक्षण गर्न नसकेका विद्यार्थीलाई राहत मात्र होइन, दीर्घकालीन रूपमा दाँतको स्वास्थ्यप्रति सचेत बनाउने अवसर पनि प्रदान गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका