दाँतको हेरचाह

बालबालीकाका दाँतमा जोखीम बढ्दै

बालबालिकामा दाँतको सफाइमा लापरबाही, किरा लाग्ने समस्या र नियमित परीक्षण नगर्ने प्रवृत्ति

दमक, २८ साउन ।   दमक १ स्थित भृकुटी माध्यमिक बिद्यालयमा अन्तराष्ट्रिय युवा दिवसको अबसरमा एक दिने निशुल्क दन्त शिबिर सम्पन्न भएको छ । दमक जेसिसको आयोजना र ओम शान्ति डेण्टलको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको दाँतको परीक्षण गरिएको हो । शिबिरमा करिब ४ सय बिद्यार्थीहरुले जाच गराएका थिए ।

 

 

दातको परिक्षणका क्रममा बिद्यालयका अध्ययनरत बिद्यार्थीहरुमा दात सम्बन्धी समस्या देखा परेको शिबिरमा संलग्न चिकित्सकहरुले बताएका छन् । ओम शान्ति डेण्टलकी डेण्टल सर्जन सायरा ढकालका अनुसार विद्यालयका बालबालिकामा दाँतको सफाइमा लापरबाही, किरा लाग्ने समस्या र नियमित परीक्षण नगर्ने प्रवृत्ति देखिएको जानकारी दिनुभयो । यसको रोकथामका लागि नियमित जाँच गर्न सुझाब दिएको उहा बताउनुहुन्छ ।

 

विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद न्यौपानेका अनुसार विद्यालयमा चार–पाँच वर्षदेखि यस्ता शिविर आयोजना भएको थिएन। आर्थिक अभावका कारण अभिभावकले दन्त परीक्षणमा ध्यान दिन नसक्ने हुँदा सामाजिक संस्थाको सहयोगले ठुलो मद्दत पुगेको उहाको भनाइ छ।

 

शिविर संयोजक तथा दमक जेसिसकी सदस्य सरिता बराल जेसिसले निरन्तर समाजका विभिन्न क्षेत्रमा सेवा दिँदै आएको र अन्तर्राष्ट्रिय युवा दिवसमा सामुदायिक विद्यालयका बालबालिकालाई लक्षित गर्दै यो शिविर आयोजना गरिएको धारणा राख्नुहुन्छ ।

 

ओम शान्ति डेण्टल हस्पिटलका सञ्चालक कमल गैरेका अनुसार संस्थाले पछिल्लो समय दमक र आसपासका क्षेत्रमा विभिन्न संस्थासँगको सहकार्यमा यस्ता स्वास्थ्य शिविर गर्दै आएको छ। यस शिविरमा दन्त परीक्षणसँगै आवश्यक परामर्श र केहीलाई निःशुल्क उपचार सुविधा समेत उपलब्ध गराउने उहाले जानकारी गराउनुभयो ।

 

अन्तर्राष्ट्रिय युवा दिवसको सन्देशसहित सम्पन्न दन्त शिविरले आर्थिक अभावका कारण नियमित परीक्षण गर्न नसकेका विद्यार्थीलाई राहत मात्र होइन, दीर्घकालीन रूपमा दाँतको स्वास्थ्यप्रति सचेत बनाउने अवसर पनि प्रदान गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एचआईभी जोखिम बढ्यो’ यौनरोगको जोखिमलाई लिएर कार्यक्रमहरू बन्द ,एचआईभी टेस्टिङ प्रभावित

काठमाडौं ,२७ असोज। अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोग बन्द भएपछि लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय लक्षित एचआईभी तथा यौनरोगसम्बन्धी कार्यक्रम प्रभावित भएको सरोकारवालाहरुले बताएका

डा.मित्र परियारद्वारा नगरा बाजासहित पुच्छर प्रदर्शन गर्दै जातीय विभेदमाथि व्यङ्ग्य

काठमाडौं,२७ असोज । दशैंको सन्दर्भमा डा।मित्र परियारले पुच्छर सम्मेलन गरी जातीय विभेद, छुवाछुत तथा सामाजिक असमानता अन्त्यको आह्वान गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन

सुनसरीको देवानगन्जबाट ५७ किलो गाँजासहित मोटरसाइकल बरामद

सुनसरी,२८ असोज। सुनसरीको देवानगन्ज गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ५७ किलो गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू भने प्रहरीलाई देखेलगत्तै फरार भएका छन्।जिल्ला

झापामा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन नियमित अनुगमनमा जोड

भद्रपुर (झापा) । चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधार गर्न ६ अर्ब ५४ करोड बजेट

काठमाडौं ,२९ असोज। शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ