दमकमा प्रहरीका लागि स्वास्थ्य शिविर

दमक, २८ साउन – दैनिक अपराध नियन्त्रण, सडक सुरक्षा र नागरिक सेवामा खटिने प्रहरी कार्यालयमा आज भने फरक दृश्य देखियो। अपराधी पक्रन, भीड नियन्त्रण गर्न वा आकस्मिक घटनामा दौडिन व्यस्त रहने सुरक्षाकर्मीहरू आज स्वास्थ्यकर्मीहरूको परीक्षणका क्रममा देखिए।

इलाका प्रहरी कार्यालय दमकमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दाँतको स्वास्थ्य परीक्षणदेखि आँखाको दृष्टि परीक्षणसम्म र सामान्य स्वास्थ्य जाँचसम्मका सेवा प्रदान गरियो।

खुशी खुस्वु सीप विकास तालिम केन्द्र दमकको आयोजना, इलाका प्रहरी कार्यालय दमकको संयोजन तथा ओम शान्ति डेन्टल हस्पिटल, विर्ताज्योति आँखा अस्पताल र दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि दमकको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।
कार्यक्रमकी संयोजक तथा खुशी खुस्वु सीप विकास तालिम केन्द्रकी प्रोपाइटर जमुना पौडेल अधिकारीले सीप विकासले व्यवसायसँगै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि निरन्तर काम गर्दै आएको उल्लेख गर्दै, समुदाय क्षेत्रमा नियमित रूपमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको र सरकारी क्षेत्रमा समेत सहयोग र्पुयाउँदै आएको बताउनुभयो।

ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेले स्वास्थ्यको महत्त्वमा जोड दिँदै, आफ्नो अस्पतालले स्वास्थ्य शिविरमार्फत नागरिक र सुरक्षाकर्मी दुवैका लागि अवसर प्रदान गर्दै आएको धारणा राख्नुभयो ।
प्रहरी कार्यलयमा गरिएको यो स्वस्थ्य शिविर केवल जाँच मात्र होइन, प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि गर्ने अवसर पनि बनेको छ । नागरिरकाको सेवामा खटिनेहरूले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिन सके, त्यसको प्रत्यक्ष असर उनीहरूको कार्यक्षमता र जनसेवामा पर्ने बिश्वास यसका आयोजकले लिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि