दमक,३० साउन । झापामा जापानिज इन्सेफलाइटिस (जेई)बाट एक बालिकाको मृत्यु भएको छ । झापा गौरीगञ्ज– १ की ८ वर्षीया वर्षा महतोको जापानिज इन्सेफलाइटिसबाट मृत्यु भएको पुष्टि भएको हो । गत साउन १ गते विराट मेडिकल कलेज विराटनगरमा भर्ना गरिएकी ती बालिकाको साउन ४ गते मृत्यु भएको विश्व स्वास्थ्य संगठन दमककी आइपीडी सर्भिलेन्स अफिसर डा. संगीता शाहले बताँउनु भएको छ ।
जिल्लाका चार जनामा सो रोगको संक्रमण पुष्टि भएको पाइएको छ । यसैगरी नेपालमा जापानिज इन्सेफलाइटिस सङ्क्रमितको सङ्ख्या ३३ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार जापानिज इन्सेफलाइटिस सङ्क्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ भने यो १८ जिल्लामा फैलिसकेको छ ।विगतका वर्षहरूमा जापानिज इन्सेफलाइटिसबाट हजारौँ मानिस संक्रमित भएका थिए ।









