पथरी शनिश्चरेमा सौन्दर्य कलाको विस्तार

तालिम सेन्टरका रुपमासमेत कृषा व्यूटी

पथरी, ३१ साउन / काठमाडौंसम्मको लामो अनुभव संगालेर व्युटिसियन क्षेत्रमा स्थापित कृष्णकुमारी (कृषा) पोखरेल तिम्सिनाले आफ्‌नै नगर मोरङको पथरी शनिश्चरेमा तालिम सेन्टरका रुपमा समेत स्थापित गर्नेगरी कृषा व्यूटी एण्ड फेसन हाउस सञ्चालनमा ल्याउनु भएको छ ।

 

नगरको वडा नं १ स्थित मन्दिरलाइनमा स्थापित कृषा व्यूटी एण्ड फेसन हाउसको १ नम्बर वडाअध्यक्ष भीमकुमार राई र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नु भएको छ ।

 

सो अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै पथरी शनिश्चरे १ का अध्यक्ष भीमकुमार राईले नगर र वडामा व्यूटिसियन र सिलाई कटाई सम्बन्धिका तालिममा सहकार्य गर्दै अघि बढ्न प्रोत्साहित गर्नुभयो ।

 

सो अवसरमा पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक बस्नेतले नगरको सौन्दर्य व्यवसायको प्रवद्र्धनमा सो फेसन हाउसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वासकासाथ शुभकामना व्यक्त गर्नुभयो ।

 

विगत २५ वर्षदेखि व्युटिपार्लर तथा फेसन क्षेत्रमा काम गर्दै आउनुभएकी पथरी शनिश्चरे १० कि तिम्सिनाले दर्जनौं चलचित्र र म्यूजिक भिडिओमा साजसज्जाको काम समेत गर्नुभएको छ । उहाँले व्युटिसियन र टेलरिङ क्षेत्रमा तालिम समेत प्रदान गर्दै आउनुभएको छ । आधुनिक साजसज्जा तथा महिलाका लागि फेसनेवल डिजाइनको काममा ख्याति कमाउँदै आउनु भएको छ । विगत ११ वर्ष काठमाडौंमा यसखाले व्यवसाय सञ्चालन गरेर झापाको दमकहुँदै आफ्‌नै नगर पथरी शनिश्चरेमा कर्मथलो बनाउन थाल्नु भएकी तिम्सिनाले सीटीइभीटीको लेभल २ तालिम प्राप्त गर्नुभएको छ । उहाँले सुन्दरी प्रतियोगितासहितका कला क्षेत्रको अनुभव समेत संगाल्नु भएको छ ।

व्यवसाय द्घाटनका अवसरमा बोल्दै प्रोप्राइटर तिम्सिनाले अव पथरी शनिश्चरेमा व्यवसायिक रुपमा तालिम समेत प्रदान गर्दै आफ्‌नै नगरमा थप सुन्दरता निखार्ने प्रयास गर्ने जनाउनु भयो । ‘मैले जे जति सिकें, काठमाडौंसम्मको संघर्षले सिकाएको जीवनको समेत थप पाठबाट अब फेरि आफ्‌नै नगरमा परिस्कृत भएर आएकी छु । सबैको साथसहयोगमा यस क्षेत्रमा प्रभावकारी काम गर्न सकिन्छ ।’
पथरी बजारबाट सो पेसा सञ्चालन गरेर अघि बढ्दै गएको प्रसंग ल्याउँदा उनी निकै भावुक बन्नुभयो ।

 

उद्घाटनका अवसरमा पथरी जेसीजकी अध्यक्ष निर्मला भट्टराई, समाजसेवी नरहाङ राई, राधा ढकाल, पथरी शनिश्चरे नगरका सूचना संयोजक सन्तोष राईलगायतका सामाजिक व्यक्तित्व तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले