श्रीकृष्ण प्राकाट्य उत्सव मनाउने

दमकमा भव्य भयो कृष्णजन्माष्टमी

राधाकृष्ण मन्दिर र श्रीकृष्ण प्रणामी मन्दिर दुवै तर्फ भक्तजनहरुको उल्लेख्य उपस्थिती देख्न सकिन्छ ।

दमक, ३१ साउन । दमक ७ मा रहेको राधाकृष्ण मन्दिर र दमक ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा भव्य कार्यक्रम गरि कृष्णजन्माष्टमी मनाइरहिएको छ ।

 

दिउँसोको समयमा बिभिन्न भजन कृतन तथा अन्य साधनाका कार्यक्रम गरिए भने साँझ अझ भव्य साङ्गीतीक महाउत्सव नै हुने जनाइएको छ । दमक बजारमा रहेको राधाकृष्ण मन्दिरमा भेटिनु भएकी भक्तजन गीता आचार्यले दमकमा मनाइरहिएको कृष्णजन्माष्टमीले सामाजीक एकताको सन्देश दिएको प्रतिकृया दिनुभएको छ ।

 

यस्तै दमक ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष प्रेम भट्टराईले श्रीकृष्ण प्राकाट्य उत्सव मनाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

 

साँझ ७ः३० बजे देखी रातको १२ बजे सम्म बिभिन्न सास्कृतीक कार्यक्रमका साथमा श्रीकृष्णकोको प्रत्यक्ष प्रकट हुने बेला सम्म आरधना सहित बस्ने बताउनु भयो । त्यस समयमा कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्की समेत आएर दर्शन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

 

दमक बजारमा रहेको राधाकृष्ण मन्दिर र श्रीकृष्ण प्रणामी मन्दिर दुवै तर्फ भक्तजनहरुको उल्लेख्य उपस्थिती देख्न सकिन्छ । रातको १२ बजे सम्म बसेर भगवान श्रीकृष्णको प्रकट भएको हेर्न सबै आतुर भएर बस्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि