बाबुछोरीलाई खोलाले बगाँउदा छोरी बेपत्ता, घटनास्थलमा एकको मृत्यु

धरान,३१ साउन ।सप्तकोसी नदीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन्। सप्तकोसी नदी किनारामा हिँडिरहेका एक पुरुषको भीरबाट झरेको ढुङ्गाले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

 

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–बराहक्षेत्र सडकमा स १० प ७८२१ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका सप्तरीका ३० वर्षीय जीवन साहलाई भीरबाट झरेको ढुङ्गा टाउकोमा लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिनु भएको छ । मोटरसाइकलको पछाडि सवार रहेका सप्तरीकै धर्मेन्द्र कुमार साह सामान्य घाइते भएको उहाँले बताउनु भयो ।

त्यस्तै सप्तकोसी नदीमा डुबेर धरान उपमहानगरपालिका–१६ कि १९ वर्षीय अनिता राई बेपत्ता भएकी छिन। बाबू जीवन राई सङ्गै बराह क्षेत्र मन्दिरको दर्शन गरेर फर्कने क्रममा चतराघाटस्थित दुधपानी खोलामा मोटरसहित बाबुछोरीलाई खोलाले बगाएको थियो। खोलाको बाढीले बगाएर दुबैलाई ५० मिटरको दूरीमा रहेको सप्तकोसी नदीमा पुर्याएको प्रहरीले जनाएको छ ।

बाबु जीवनलाई भने स्थानीयले तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना गरेका छन्। छोरी अनिता सप्तकोसीमा डुबेर बेपत्ता भएकी छिन्। उनको अवस्था अझै पत्ता लगाउन नसकिएको प्रहरी निरीक्षक कुँवरले बताउनु भयो। अनिताको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा लागि परेका छन्।

त्यस्तै चतरादेखि बराहक्षेत्र मन्दिर जाने सडक पहिरो खसेर अवरुद्ध भएको छ। पहिरोले सडक पुरेपछि बराह क्षेत्र मन्दिर दर्शन गर्न गएका तीर्थयात्रीहरू घर फर्कन पाएका छैनन्। पहिरोले पुरेको सडक पन्साएर सडक सुचारु गर्ने पहल भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि